Comments Add Comment

जनकपुर अस्थायी मुकाम तोकिएपछि वीरगञ्जमा टायर बालेर विरोध

३ माघ, वीरगञ्ज । प्रदेश २ को अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजेदेखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन गरिएकाे छ।

प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन गर्नुका साथै चक्का जाम समेत गरिएको छ । प्रदर्शनकारीहरुले एउटा सरकारी गाडीको सीसासमेत फोडिदिएका छन् । संघर्ष समितिले अस्थायी मुकाम घोषणाको विरोधमा आन्दोलन निरन्तर जारी राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment