सन प्रोटेक्सन क्रिम, जो घामको सोझो असरबाट छालालाई बचाउनका लागि लगाइन्छ । घामको बिकिरणले छालाको सौन्दर्य नष्ट गर्न भएकाले सन प्रोटेक्सन क्रिम लगाइन्छ ।
सन प्रोटेक्सन भन्नसाथ हामी बुझ्छौं, घाममा लगाउने क्रिम । अर्थात घमाइलो मौसममा लगाइने क्रिम । जाडो याममा घाम नै लाग्दैन, यस्तो बेला किन लगाउने ?
तर, सन् प्रोटेक्सन क्रिम गर्मीमा जति उपयोगी हुन्छ, जाडोमा पनि उत्तिनै । जाडोमा सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ । किन त ?
सन प्रोटेक्सन मा एन्टी एजिङ्ग गुण हुन्छ
जाडो मौसममा कम पानी सेवनका कारण छाला सुख्खा हुने गर्छ । त्यस्तै, अधिक चिसोका कारण छाला चाउरीने तथा जकडिने गर्छ । यस्तो समस्या नहोस् भन्नका लागि सन प्रोटेक्सन को प्रयोग उचित मानिन्छ ।
सन् प्रोटेक्सन मा एन्टी एजिङ्ग गुण हुन्छ । घामको विकिरणले छालामा कोलेजन तथा नरमपनालाई असर पुर्याउँछ, जसले छाला चाउरी पर्छ । यस्तो समस्याबाट बच्नको लागि सन् प्रोटेक्सन को प्रयोग लाभदायक मानिन्छ ।
छालाको रक्षा गर्छ
युवी किरणका कारण छालाको माथिल्लो भागमा सुजन उत्पन्न हुने तथा नशा फुल्ने गर्छ । यसका साथै शरीरमा पानीको कमीका कारण डिहाईड्रेसनको समस्या हुने गर्छ । यसैको कारण एजिङ्गको समस्या पनि हुने गर्छ । त्यसैल छालाको कोषिका तथा छालाको माथिल्लो भागलाई चाउरी पर्न नदिन सन प्रोटेक्सन का प्रयोग गर्न नभुलौ ।
घरमा सन प्रोटेक्सन को प्रयोग
छालामा हुने पिगमेन्ट कोषिका घामको विकिरणले मात्र नभई कम्प्यूटरको किरणबाट समेत प्रभावित हुने गर्छ । त्यसैले, बाहिर निस्कने बेलामा मात्र नभई घरमा बस्दा समेत सन प्रोटेक्सन को प्रयोग जरुरी छ । जुनसुकै ठाउँमा बस्दा पनि सन प्रोटेक्सन को प्रयोगले विभिन्न हानीकारक विकिरणबाट छालालाई बचाउँछ ।
सही एसपीएफको प्रयोग
जाडोको मौसममा जोसुकैलाई घाम मन पर्छ । साथै घाममा पल्टिन मनलाग्छ । त्यसरी घाममा बस्दा छालामा विकिरणको असर नपरोस् भन्नका लागि सन्सक्रिम प्रयोग जरुरी छ । त्यस्ता युवी विकिरणबाट बच्नको लागि एसपीएस ३० देखि ५० सम्मको सन प्रोटेक्सन को प्रयोग उचित मानिन्छ ।
प्रतिक्रिया 4