Comments Add Comment

महिलाहरुमा किन हुन्छ मुत्रनलीको संक्रमण ?

हरेक महिलाले भोगेकै होलान्, पिसाबको संक्रमण । मासिक श्राव, गर्भावस्था जस्ता विभिन्न चरणबाट गुज्रनुपर्ने भएकाले महिलाहरुको योनीद्वारमा संक्रमणको भय बढी हुने गर्छ ।

यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । यो भनेको मुत्रनलीमा हुने संक्रमण हो । योनीद्वारको सरसफाईमा ख्याल नपुर्‍याउँदा, असुरक्षित यौन सम्पर्क गर्दा यस्तो समस्या निम्तन सक्छ ।

किन हुन्छ यस्तो ?

महिलाहरुको योनीद्वार निकै संवेदनसिल हुन्छ । यस्तो अंगमा बाहिरको संक्रमण फैलिने खतरा बढी हुने गर्छ । यदी मुत्राशयबाट पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा त्यहाँबाट सुरु भएको संक्रमण मुत्राशय सम्म पुग्ने गर्छ , जसलाई ‘युटीआई’ अर्थात युरिनरी ट्रयाक इन्फेक्सन भन्ने गरिन्छ ।

-संवेदनशील स्थानमा चोट लागेमा

-दर्गन्धित शौचालयको प्रयोग

-धेरैबेरसम्म पिसाब रोकेमा

-गुप्ताङ्गको राम्रोसित सफाई नगरे

-पानीकेा कम सेवन

-मृगौलामा पथ्थरी वा मधुमेह

-रोग प्रतिरोधात्मक क्षमता कम भएमा

– पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा

युटीआईको लक्षण

-गुप्ताङ्ग चिलाउनु वा पोल्नु

-पिसाब कम हुनु वा थोरै थोरै मात्र पिसाब हुनु

-पटक पटक बाथरुम जान मन लाग्नु र जादाँ थोरै मात्र पिसाब हुनु

-पहेलो पिसाब तथा गन्हाउने पिसाब

-ढाडको तल्लो भागमा पीडा महसुस हुनु

-पेटको तललो भाग दुख्नु

-ज्वरो आउनु तथा थकान महसुस हुनु

अब के गर्ने त ?

-प्रशस्त मात्रामा पानीकेा सेवन गर्ने

-समय समयमा बाथरुम जाने

-धेरै बेर पिसाब नरोक्ने

-बाथरुम प्रयोग गर्दा फ्लस गर्ने बानी बसाल्ने

-योनीको नियमित सफाई

-सफा भित्रीवस्त्रको प्रयोग

-खानामा भिटामिन सीको प्रयोग गर्ने

-धुमपान , मद्यपान तथा मसलेदार, चिल्लो, चिया, कफीको सेवनबाट टाढा रहने

-दालचनी, जौको पानी, नरिवल पानी तथा मोहीको भरपूर मात्रामा सेवन गर्ने

कसरी गर्ने उपचार ?

सामान्यतयाः युटीआई भएमा चिकित्सकको परामर्श अनिवार्य हुन्छ । यस्ता संक्रमण एन्टीबायोटिक्सद्धारा मात्र निको हुने भएकोले चिकित्सकहरु युटीआई भएमा एन्टीबायोटिक्स लिने सल्लाह दिन्छन् । यस्ता औषधी त्यतिबेलामात्र दिइन्छ, जब महिलालाई बारबार युटीआईको समस्या हुने गर्छ । प्रशस्त मात्रामा पानीको सेवन गर्नाले पनि यो समस्या आफै कम भएर जान्छ । किनकी पानी पिउनाले शरीरमा संक्रमण गराउने व्याक्टेरिया शरीरबाट बाहिर निस्कने सम्भावना धरै हुन्छ ।

प्रत्येक पटक पिसाब गरिसकेपछि योनीको राम्रोसित सफाई गर्नाले पनि यो समस्या विस्तारै कम हुँदै जान्छ ।

त्यतिमात्र हैन, यौनसम्पर्क पश्चात्त पनि महिलाहरुमा युटीआई हुने सम्भावना अधिक हुने भएकोले प्रत्येक पल्ट यौन सम्पर्क पछि आˆना गुप्ता घको राम्ररी सफाई गर्न त्यसलाई सुख्खा राख्न जरुरी छ ।

विशेषगरी, गुताङ्ग ओसिलो रहेमा त्यसमा जिवाणुका संक्रमण हुने खतरा बढी रहन्छ । साथै युटीआईको समस्या जसटिल भएमा यसले मृगौलामा संक्रमण गरी गम्भीर समस्या निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment