+
+
Shares

अस्थायी मुकाम तोकेपछि राष्ट्रियसभा चुनावमा सुरक्षा चुनौती थपियो : यादव

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ४ गते १२:४९
फाइल फोटो

४ माघ, काठमाडौं । निर्वाचन आयोगले अस्थायी मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिएको ठहर गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रियसभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए ।

प्रमुख आयुक्त यादवले निर्वाचनमा देखिएको सुरक्षा चुनौतीलाई हल गर्न स्थानीय राजनीतिक दलसँग बलियो सहकार्य गरेर अघि बढन पनि सम्बन्धित निर्वाचन अधिकृतहरुलाई सचेत गराए ।

आयोगले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट ढंगले व्यवस्थापन गर्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

आयोगले राष्ट्रिय सभाको निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । मतगणना झन्झटिलो भएकाले यसलाई सहज बनाउन कम्प्युटरमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक निर्देशिका र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको पनि स्पष्ट पारेको छ ।
आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

निर्वाचनलाई सम्पन्न गर्न आयोगले तयारीको कामलाई तीव्रता दिएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार र राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास पनि व्यक्त गरे । निर्वाचन आयोगले निर्वाचनलाई सम्पन्न गर्न सम्बन्धित प्रदेशको उच्च अदालत भएको ठाउँमा राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?