+
+
Shares

एमालेका यी ठूला नेता जिल्लाबाटै सिफारिसमा परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १३:४९

५ माघ,काठमाडौं । राष्ट्रियसभा सदस्यका आकांक्षी नेकपा एमालेका केही प्रभावशाली नेताहरु जिल्लाबाटै सिफारिस नभएपछि खैलाबैला मच्चिएको छ । ३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर केन्द्रमा सिफारिस गरेको छ ।

राष्ट्रियसभा सदस्यका प्रबल दाबेदार मानिएका एमाले नेताहरु अमृत बोहोरा, प्रदीप नेपाल, रघुजी पन्त, बेदुराम भुसाल, गंगालाल तुलाधर, महेन्द्रबहादुर पाण्डे, गोपाल शाक्य लगायतका नेताहरु जिल्लाबाट सिफारिस भएनन् ।

यीमध्ये बोहोरा अनुशासन आयोगका अध्यक्ष हुन् भने अरु पोलिटव्यूरो सदस्य हुन् । भुसालबाहेक सबै नेता मन्त्री भइसकेका र पार्टीमा कुनै बेला प्रभावशाली भूमिकामा रहेका हुन् ।

उता प्रदेश नम्बर ४ बाट पनि वाचस्पति देवकोटा लगायतका नेता सिफारिसमा परेनन् । प्रदेश नम्बर ७ बाट राष्ट्रियसभाका आकांक्षी पार्टी नेताहरु भानुभक्त जोशी, गोविन्द कलौनीहरुको नाम पनि कटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?