+
+
Shares

कारबाहीको धम्की नदिन देउवालाई प्रकाशमानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १७:३४

५ माघ, काठमाडौं । नेपाली कांंग्रेसका नेता प्रकाशमान सिंहले अनुशासन कारबाहीको धम्की नदिन पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सिंहले देउवाको चर्को आलोचना गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २/४ जना नेतालाई लिएर हिँडेको आरोप लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोहोर्‍याउने केन्द्रीय कार्यसमितिको निर्णय भएपछि त्यसलाई उल्लंघन गरेको उनको आरोप छ ।

उनले देउवालाई आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की दिने भनेका छन् । ‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’

अनुशासनको कारबाहीको धम्की दिँदैमा असैको आवाज बन्द नहुने भन्दै उनले देखेको कुरा बोल्ने बताए ।

नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरे । रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति भंग गर्न माग गरेका छन् ।

शुक्रबारको बैठकमा बलबहादुर केसी, बालकृष्ण खाँडल बद्री पाण्डे लगायतले बोलेका छन् । बैठक अपराहृन ४ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?