+
+

प्रदेश ५ को प्रदेशसभा बैठक उद्योग बाणिज्य संघको हलमा

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ माघ ६ गते १९:०३


६ माघ, बुटवल । प्रदेश ५ का प्रदेशसभा बैठक बुटवल उद्योग बाणिज्य संघको हलमा बस्ने भएको छ । प्रमुख प्रमुखको कार्यालय भने बुटवल उद्योग बाणिज्य संघको हलको भवनलाई बनाइएको छ ।

प्रदेशसभा सदस्यहरुको सपथ भोलि आइतबार हुादैछ । प्रदेश प्रमुख उमाकान्त झा बुटवल आइसकेका छन् ।

सपथका लागि सम्पूर्ण तयारी पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । उनले भने, ‘सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका गरी ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ, हामीले तयारी पूरा गरेका छौं ।’

आइतबार बिहान १० बजे प्रदेश प्रमुख झाले रुपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् । लगतै बुटवल उद्योग बाणिज्य संघको हलमा पुगेर प्रदेश संासदहरुलाई सपथ गराउने कार्यक्रम छ ।

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ । संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।

प्रदेश मन्त्रालय भने श्रम कार्यालयको सेतो छ तले भवनमा राखिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?