+
+

प्रदेश ६ का प्रदेश सदस्यको सपथग्रहण सकियो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १४:३६

७ माघ, काठमाडौं । प्रदेश ६ का प्रदेशसभा सदस्यहरुको सपथग्रहण सकिएको छ ।

जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएपछि बाँकी ३९ जना सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

सपथग्रहण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न भएको हो । प्रदेसभाको पहिलो बैठकका बारेमा भने कुनै जानकारी नभएको प्रदेश सदस्य ठम्मर बिष्टले जानकारी दिए ।

शनिबार उडान हुन नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार विहान मात्रै सपथ लिन सुर्खेत पुगेका थिए ।

प्रदेश ६ मा जमा ४० जना प्रदेश सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?