Comments Add Comment

नेप्से फेरि १४ सय नजिक, प्राथमिक बजार र ब्याजदरको प्रभाव


७ माघ, काठमाडौं । नेप्से परिसूचक आइतवार बजार खुल्दा बढ्दो प्रवृत्तिमा देखिएपनि मध्यबाट ओरालो लाग्ने क्रममा देखियो ।  नेप्से ३.८५ अंकले घटेर १४०२ विन्दुमा आइपुगेको छ । आइतवार बजार घट्नुमा विभिन्न कारणहरु देखिए । आइतवार ५ वाणिज्य बैंकले नयाँ व्याजदर प्रकाशित गरेका छन् । मुद्दती निक्षेपमा सबैजसोको व्याजदर अधिकत्तम ११ प्रतिशतसम्म रहेको छ । बैंकहरुमा पुँजी अभावको समस्या समाधान भइनसको देखिन्छ ।

यता, बुटवल पावर कम्पनीले माघ १५ गतेबाट एफपीओ जारी गर्ने भएको छ । प्रतिकित्ता प्रिमियम सहित ५ सय १ रुपैयाँ तोकिएको कम्पनीले बजारबाट २ अर्ब रुपैयाँ उठाउने देखिन्छ । बजारमा ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयरमा लगानीकर्ताहरु आकर्षित हुने सम्भावना रहेको छ । लगानीकर्ताहरुको ध्यान मोडिदा सेयर बजारमा यसको प्रभाव देखिदै गएको छ ।

आइतवार नै तीन वाणिज्य बैंकको वित्तीय विवरण प्रकाशित भएको छ । दुई बैंकमा एकको नाफा सिमान्तदरमा घटेको र अर्कोको ६ प्रतिशतले मात्र बढेको देखिएकोले पनि लगानीकर्ताहरु आकर्षित हुन नसकेका हुन् ।

आइतवार बजारमा लगानी भने बढेको छ । यस दिन कुल ५० करोड रुपैयाँको सेयर कारोबार भएको हो । यसदिन बैंकिङ, बिकास बैंक, बीमा र लघुवित्त कम्पनी समूहको परिसूचक घटेको छ ।

यसदिन १ सय ६५ कम्पनीको सेयर किनबेच भयो । ५६ कम्पनीको सेयर मूल्य बढेको छ । तर उच्च मूल्य वृद्धि हुने कम्पनीको २ प्रतिशतभन्दा बढि मूल्य वृद्धी हुन सेकेको छैन् । ८५ कम्पनीको सेयर मूल्य घटेको हो । मूल्य बढेको र घटेको कम्पनीको संख्याको आधारमा निकालिने एड्भान्स एण्ड डिक्लाइन (एडी) रेसियो ०.६५ रहेको छ । यस्तो अनुपात १ भन्दा कम भएमा बजार वियरिश प्रवृत्तीमा रहेको मानिन्छ ।

यस दिन ग्लोबल आइएमइ बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ९ करोड रुपैयाँ बराबरको यस्तो सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment