+
+

धनगढीमा सपथ लिँदा डोटीमा प्रदेश सांसदको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १५:१९

७ माघ, डोटी । प्रदेश ७ का प्रदेश सांसदहरुले अस्थायी मुकाम कैलालीको धनगढीमा आइतबार सपथ ग्रहण गरिरहेका बेला डोटीमा भने उनीहरुको पुत्ला दहन गरिएको छ ।

प्रदेश ७ को राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका डोटीका वासिन्दाले अस्थायी राजधानी धनगढी तोकिएको विरोधमा आइतबार प्रदेश सांसदको सपथको दिन नै पुत्ला दहन गरेका हुन् ।

डोटीबासीले डोटी जिल्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद भरतबहादुर खड्का र प्रदेश सभा ‘ख’ बाट निर्वाचित त्रिलोचन भट्टको पुत्ला जलाएका हुन् ।

चुनावी अभियानका क्रममा प्रदेश ७ को राजधानी दिपायल कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका उनीहरु निर्वाचित भएपछि जिल्लामा चलिरहेको आन्दोलनमा चासो नदेखाएको बन्दै आन्दोलनकारीको पुत्ला जलाएका हुन् । मतदाता राजधानी माग्दै सडकमा आन्दोलित भएका बेला सांसदहरू सपथ ग्रहण गर्ने दौडमा लागेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

खड्का र भट्टसंगै आन्दोलनकारीहरुले बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र प्रतिनिधिसभा सांसद निर्वाचित प्रेमबहादुर आलेमगरको पनि पुत्ला दहन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?