Comments Add Comment

नीताको कम्मर र गर्धनको ट्याटुको रहस्य


नायिका नीता ढुंगाना आइतबार चलचित्र ‘हुर्रे’को पत्रकार सम्मेलनमा उपस्थित भइन् । यो चलचित्रमा समावेश ‘पशुपति’ बोलको गीतको भिडियोमा नीताको आइटम नृत्य छ । जहाँ, उनले कम्मरमा ट्याटु बनाएकी छिन् ।

तपाइको कम्मरको ट्याटु सक्कली हो कि नक्कली भन्ने प्रश्नमा नीताले भनिन्-‘यो नक्कली हो । मैले चलचित्रका लागि मात्र यो ट्याटु बनाएकी हुँ ।’ तर, नीताको गर्धनमा भने सक्कली ट्याटु छ । नीताका अनुसार त्यो ट्याटु बेलायतको लोगो हो ।

उनले यो ट्याटु खोप्नुको कारण सुनाउँदै अनलाइनखबरसँग भनिन्-‘यो ब्ल्याक एन्ड ह्वाइटको अर्थमा मैले खोपेकी हुँ । राम्रो मान्छेमा पनि नराम्रो गुण हुन्छ, नराम्रो मान्छेमा पनि राम्रो गुण हुन्छ भन्ने यसले बुझाउँछ ।’

नीताले पत्रकार सम्मेलनमा नै यो ट्याटु प्रदर्शन गरिन् । नीता सो पत्रकार सम्मेलनमा मस्ती मुडमा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment