Comments Add Comment

रिमोट कन्ट्रोलले अस्थायी मुकाम भारतको नजिक तान्यो : नेता सोनाम

८ माघ, दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ ले सातमध्ये पाँचवटा प्रदेशको अस्थायी मुकाम भारतीय सीमा नजिक तोकिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै रोल्पाबाट प्रदेश सांसद निर्वाचित सोनामले प्रदेशसभाबाट प्रदेश ५ को राजधानी दाङमै तोकिने जिकिर गरे ।

‘रिमोट कन्ट्रोलले अस्थायी मुकामहरु भारतीय सिमानानजिक तान्यो,’ उनले भने, ‘नेपाली जनताले यसमा प्रतिरोध गर्छन्, हामी तत्काल सर्वदलीय बैठकमा निर्णय गराएरै प्रदेश सभाबाट सीमामा तोकिएको राजधानी फिर्ता गर्छौं ।’

आवश्यकता र उपयुक्त अवस्था नहुँदा नहुँदै शक्तिकेन्द्रको इच्छामा सीमामा अस्थायी मुकाम तोएकिो सोनामको दावी छ । ‘पाँच नम्बर प्रदेशमा बुटवललाई पर्यटनको केन्द्र, नेपालगञ्जलाई आर्थिक केन्द्र र दाङलाई प्रशासनिक केन्द्र बनाउनुपर्छ,’ उनले भने ।

रुपन्देहीमा त्यहाँका बासिन्दा भन्दा अन्यको इच्छामा अस्थायी मुकाम तोकिएको सोनामको दावी छ ।

‘लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध धार्मिक केन्द्र हो, यसको आफ्नै ढंगले विकास भइरहेको छ,’ उनले भने, ‘रुपन्देहीलाई अस्थायी मुकाम चाहिएकै छैन, यो बाहृ्य शक्ति केन्द्रलाई चाहिएको हो ।’

नेता सोनामले आफू प्रदेश ५ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता बन्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment