Comments Add Comment

गौरव र अनुको ‘पसिना’को फस्टलुक रिलिज, ‘डमरु र जुनकिरी’ निर्माण घोषणा


श्रीपञ्चमीको अवसर पारेर चलचित्र ‘पसिना’को फस्टलुक सार्वजनिक गरिएको छ । ‘साइला’ उपनाम पाएका नायक गौरव पहारि र नायिका अनु शाहलाई पोष्टरमा देखाइएको छ । यो चलचित्रको सम्पूर्ण निर्माण कार्य सकिएको यसको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रको एक बर्ष अगाडि श्रीपञ्चमीकै दिन निर्माण कार्य सुरु गरिएको थियो । चलचित्रमा गौरव पहारि, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, श्रृजना अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

ननस्टप क्रियशनको ब्यानरमा तयार भएको यो चलचित्रलाई आर.बी.खत्री ‘शरद’ले निर्देशन गरेका हुन् । चलचित्रमा शान्ता ढकाल र संजय महत्तोको लगानी छ । चलचित्रले महिला कामदारहरुमाथि हुने हिंसालाई मुख्य बिषय बनाएको यसका निर्देशक शरदले बताए ।

यसैविच, श्रीपञ्चमीकै दिन निर्देशक खत्रीले २ नयाँ प्रोजेक्टको पनि घोषणा गरेका छन् । उनले, नन स्टप क्रियशनको ब्यानरमा ‘डमरु र जुनकिरी’ नामक चलचित्र निर्माण गर्ने बताएका हुन् । यी दुई चलचित्रको पि्र प्रोडक्शनको काम सुरु भएको छ ।

चलचित्र ‘पसिना’को भने देश तथा विदेशमा विशेष शो आयोजना गरिनेछ । चलचित्रको नेपाल प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment