Comments Add Comment

राष्ट्रियसभामा तालमेल गर्न कांग्रेससँग राजपाले माग्यो ५ सिट

फाइल फोटो

८ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने भएको छ ।

पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसाग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसाग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए ।

आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै कांग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा औपचारिक छलफल अघि बढाएको थियो । प्रदेश नम्बर २ मा कम्तीमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी, नेपालले कांग्रेससँग राखेको छ ।

नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ । आगामी माघ १० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment