Comments Add Comment

माओवादीले बादल र दीनानाथलाई राष्ट्रियसभामा पठाउने, छानिए १३ उम्मेदवार


९ माघ, काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् ।

को को भए उम्मेदवार

प्रदेश १

विना पोखरेलः महिला सदस्य

प्रदेश २

शशीकला दाहाल, महिला सदस्य

प्रदेश ३

रामबहादुर थापा बादल, खुला सदस्य
गंगा पराजुली, महिला सदस्य

प्रदेश ४

दीनानाथ शर्मा, खुला सदस्य
खिमकुमार विक, दलित सदस्य

प्रदेश ५

राजकुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य

प्रदेश ६

जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुला सदस्य

प्रदेश ७

लालीराम लोहार, दलित सदस्य
हरिराम चौधरी, खुला सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment