Comments Add Comment

गुप्तांगको रौं बारे ७ भ्रम र यथार्थ

यौवनावस्थामा प्रवेशसँगै गोप्य अंगमा रौं पलाउन थाल्छ । कतिलाई यो मन पर्छ त कतिलाई मन पर्दैन । आधुनिक महिलाहरु धेरैले गोप्य अंगमा सेभ गरेर सफाचट बनाउने गरेका छन् ।

यस्तो रौ कहिल्यै पनि आम चर्चाको विषय बन्दैन । सायद यही भएर होला यसका विषयमा धेरै भ्रमहरु हामीमाझ विद्यमान छन् । गुप्तांगको रौंका विषयमा मानिसहरुमा रहेका ७ भ्रम र तीनको यथार्थ के हो त ?

भ्रम १: गुप्तांगको रौंले यौनजन्य रोगहरुबाट बचाउँछ

यथार्थः यो सत्य होइन । यसको ठिक विपरित गुप्तांगको रौंले ब्याक्टेरिया पैदा हुने खतरा हुन्छ । यसमा जीवाणू र ब्याक्टेरिया हुन्छ जसले यौनसम्वन्धी समस्याहरु उत्पन्न गर्न सक्छ । धेरै मानिसहरु भन्ने गर्छन् कि यस्तो रौंले स्किन टु स्किन सम्पर्क गर्दा हुन सक्ने इन्फेक्सनबाट बचाउँछ ।

तर, यस्तो विल्कुल होइन । यसले भाइरसतलाई अझै बढाउन सक्छ । एउटा अध्ययनअनुसार पुरुषहरुको गुप्तांगको रौंबाट उसको महिला साथीलाई एचपीबीसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

भ्रमः गुप्तांगको रौंले गर्दा सेक्सको पुरा मज्जा आउँदैन

यथार्थः यो अनुभव व्यक्तिपिच्छे फरक फरक हुन सक्छ । केही व्यक्तिहरुलाई गुप्तांगको रौंले सेक्समा झनै मज्जा थपिदिन्छ । केही महिलाहरु चाहिँ रौं मन पराउँदैनन् ।

भ्रमः गुप्तांगको रौं हटाउने सबैभन्दा राम्रो तरिका खौरिनु हो

यथार्थः वाक्स गराउने वा खौरने, यो आफुमा निर्भर गर्छ । तर, एउटा कुरा ध्यानमा राखौं, गुप्तांगको रौं हटाउँदा त्यो ठाउँमा कतै छाला नकाटियोस् ।

भ्रमः छाला कोमल छ भने खौरिनु हुँदैन

यथार्थः छाला संवेदनसिल छ भने सेविङ गर्दा रेजरलाई छालामा धेरै जोडले रगड्नु हुँदैन । सेभिङ क्रिम बिना नै सेभिङ गरियो भने छाला काटिन सक्छ । योभन्दा राम्रो वाक्सिङ वा हेयर रिमुभल क्रिमको प्रयोग गरौं ।

भ्रमः गुप्तांगको रौं बढ्न थालेपछि रोकिदैन

यथार्थः गुप्तांगको रौं एउटा समयपछि बढ्न रोकिन्छ । जब रौंको वृद्धि पूरा हुन्छ, यो बढ्न रोकिन्छ र र्झन थाल्छ । झरेको ठाउँमा नयाँ रौं पलाउँछ ।
यदि रौं हटाउनका लागि रेजरको प्रयोग गरिन्छ भने एउटा रेजर २-३ पटकभन्दा बढि प्रयोग गर्नु हुँदैन । राम्रो क्वालिटीको रेजर प्रयोग गरौं । हेयर रिमुभिङ क्रिम प्रयोग गर्नुभन्दा अगाडि यो कुरा जाँचौं कि कतै त्यो क्रिमको कुनै एलर्जी त छैन ? बक्समा लेखिएका इन्स्ट्रक्सन पढौं । सैलुनमा गएर बिकिनी वाक्स पनि गराउन सकिन्छ । घरमा विकिनी वाक्स ट्राइ गरौं ।

कपालको रौं र गुप्तांगको रौं एउटै रंगका हुन्छन्

यथार्थः यो बिल्कुल साँचो होइन । शिरको कपालको रंग जस्तो छ गुप्तांगको रौं पनि त्यस्तै हुनुपर्छ भन्ने केही छैन । कुनै पनि रौंको रंगको सिधा सम्वन्ध मेलनिनसँग हुन्छ । गुप्तांगको रौं यसकारण गाढा हुन्छ कि यसमा मेलनिन अत्यधिक पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment