Comments Add Comment

प्रवासमा रहेका पूर्व विद्यार्थीहरुले बनाए सरस्वती मन्दिर

२४ जनवरी, इजरायल । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले आफूले अध्ययन गरेको विद्यालयमा सरस्वतीको मन्दिर बनाएर हस्तान्तरण गरेका छन् ।

फेदाप गाउँपालिकाको ओयाक्जुङ तेह्रथुममा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा मन्दिर निर्माण गरेको इजरायलमा कार्यरत समाजसेबी देव बास्कोटाले अनलाइनखबरलाई जानकारी दिए ।
बास्कोटाको संयोजनमा परदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट आर्थिक संलकन गरेर मन्दिर निर्माण गरिएको हो ।

यस अभियानमा विभिन्न देशमा रहेका ३२ जना पूर्व विद्यार्थीहरुबाट ६ लाख २४ हजार ७ सय ३० संकलन भएको मन्दिर निर्माण तथा मन्दिर व्यावस्थापन समितिका संयोजक बास्कोटाले जानकारी दिएका छन् ।

विद्यालयको परिसरमा स्थापित मन्दिर गत सरस्वती पूजाका दिन सोमबार एक समारोहका बीच मूर्त्ति अनाबरण तथा उद्घाटन गरिएको छ ।

मन्दिरको जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि जलजले स्रोत केन्द्रका श्रोतव्यक्ति लक्ष्मीप्रसाद दुलालले औपचारिक उद्घाटन गरेका हुन् ।

श्रीपञ्चमीको अवशरमा आयोजित कार्यक्रममा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण समेत गरिएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अम्बिकाप्रसाद दुलालले जानकारी दिए ।

उद्घाटन समारोहमा व्यावस्थापन समितिका अध्यक्ष दुलाल, विद्यालयका पूर्व व्यवस्थापन समति अध्यक्ष तथा गाबिसका पूर्बअध्यक्ष भैरबप्रसाद चौलागाई लगायतले मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्ने संयोजक बास्कोटा लगायत पूर्व विद्यार्थीहरुप्रति आभार प्रकट गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्रोतव्यक्ति दुलालले पूर्व विद्यार्थीहरुको कार्य सराहनीय रहेको बताए ।

मन्दिर निर्माणका लागि बास्कोटाले मात्रै नगद ७० हजार सहयोग उपलब्ध गराएको र अन्य विद्यार्गीहरुले १० हजार देखि ३३ हजारसम्म संकलन गरेको पूर्व विद्यार्थी चेतनाथ सापकोटाले जानकारी दिए ।

कार्यक्रमको अवसरमा आर्थिक सहयोगदाताका अभिभाभकलाई प्रसंशा तथा सम्मानपत्र समेत बिवरण गरिएको थियो ।

मन्दिर उद्घाटन तथा सरस्वती पूजा कार्यक्रममा मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गिरी साथै सहसंयोजक कृष्णप्रसाद न्यौपाने पत्रकार, विधार्थी पूर्वविद्यार्थी अविभाभक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम दुर्गाप्रसाद गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment