Comments Add Comment

डब्सम्यासको अभिनयले प्रियंकालाई चिठ्ठा


अहिले सामाजिक संजाल चलचित्रका कलाकार छनोट गर्ने राम्रो माध्यम बनेको छ । पहिले-पहिले पत्रिकामा आउने ब्लोअपबाट धेरैले नायिका बन्ने अवसर पाउथ्य । अहिले, धेरै कलाकार सामाजिक संजालबाट फाइनल हुने गरेका छन् । यहि, भिडमा पर्छिन् नव-कलाकार प्रियंका सिंह ठकुरी ।

प्रियंकाले भर्खरैमात्र एयर होस्टेजको तालिम सकेकी छिन् । उनी, प्राय डब्सम्यास भिडियो सामाजिक संजालमा पोष्ट गर्ने गर्थिन् । चलचित्र ‘गरुड पुराण’ बनाउन लागेका निर्देशक सुवास कोइराला र सुशन प्रजापतिका लागि हिरोइन चाहिएको थियो ।

प्रियंकाको डब्सम्यास भिडियो हेरेपछि सुशनले नै उनलाई नायिकाका लागि अफर गरेका थिए । डब्सम्यास भिडियोले यी सुन्दरीलाई चलचित्र क्षेत्रमा भित्रने अवसर दिएको छ । ‘उनको अभिनय हाम्रो चलचित्रको पात्रको भूमिकासँग सुहाउँछ भन्ने लागेपछि अफर गर्‍यौ’, सुशनले भने ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment