Comments Add Comment

‘भारत’मा भिन्न भिन्न ५ भूमिकामा देखिदै सलमान


नायक सलमान खान पछिल्लो समय आफ्नो भूमिकालाई फरक बनाउने कोशिशमा छन् । उनले, आफूलाई केहि फरक बनाउँदा चलचित्र ‘ट्यूबलाइट’ चिप्लियो ।
तर, पनि सलमानले आफूलाई नयाँ भूमिकामा ढाल्ने कोशिश भने गरिरहेका छन् ।

सन् २०१९ को इदमा रिलिज हुन लागेको नयाँ चलचित्र ‘भारत’मा नायक सलमान खान ५ भिन्न भूमिकामा देखिन लागेको मुम्बई मिररले छापेको छ ।

यो कुराको जानकारी चलचित्रका निर्देशक अली अब्बास जफरले दिएका छन् । अब्बासका अनुसार चलचित्रको कथा निकै नै राम्रो छ । जहाँ, सलमानलाई भिन्न ५ लुक्समा देखाइने छ । यसका लागि भीएफएक्सको साहारा लिइनेछ ।

यो चलचित्र सन् २०१४ मा रिलिज भएको दक्षिण कोरियाको चलचित्र ‘अड टू माई फादर’को रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment