Comments Add Comment

फराह खानले कसरी हुर्काइन् आफ्ना तिम्ल्याहा सन्तान ?

हामीलाई एक जना सन्तान हुर्काउन हम्मे पर्छ । बच्चालाई उचित लालनपालन गर्ने कुरामा हामी धेरै ठाउँ चुक्छौं । बच्चालाई कसरी हुर्काउने, कसरी स्यहार्ने, कसरी पढाउने ? कसरी स्वस्थ्य राख्ने ? अक्सर हामी यस्तै प्रश्नबाट घेरिएका हुन्छौं ।

एउटा बच्चा होइन, कतिले जुम्ल्यहा बच्चा पनि हुर्काइरहेका छन् । अभिभावकको कोणवाट दुई वटा बच्चा एकसाथ हुर्काउन सजिलो छैन । दुबैलाई बराबरी समय दिनु, दुबैका लागि उचित खानपानको व्यवस्था गर्नु आफैमा झन्झटिलो काम हो ।

अब एकसाथ तीन जना बच्चा हुर्काउनु परे के होला ?

यहाँ एकसाथ तीन जना बच्चालाई हुर्काएकी बलिउड निर्देशक तथा कोरियोग्राफर फराह खानको अनुभव समेटिएको छ । फराह खान तिम्ल्याहा सन्तानकी आमा हुन् । उनले सन् २००८ मा एकसाथ दुई छोरी र एक छोरालाई जन्म दिएकी थिइन् ।

एकैसाथ तीन सन्तान जन्माउँदा पनि फराहको करिअर डगमगाएन । उनले आफ्नो परिवार र फिल्मलाई एकसाथ अगाडि बढाइन् । अहिलेका आमाहरुलाई एउटै सन्तान हुर्काउन पनि ठूलै पापड बेल्नुपर्ने अवस्थामा फराहले तीन सन्तान कसरी हुर्काइन् होला ? यस विषयमा एजेन्सीले उनीसँग गरेको कुराकानी :

मानिसहरुलाई एउटै बच्चा स्याहार्न गाह्रो हुन्छ, तपाईंले तीन वटा कसरी स्याहार्नुहुन्छ ?

पुराना दिनहरु त सम्भिmनै मन लाग्दैन । मैले तीनै बच्चाहरु स्याहार्नका लागि धेरै रात जागा बसेकी छु । जब छोरोलाई फुल्याउँथे, छोरी रुन थाल्थी, जब दुवैलाई फुल्याउँथे, अर्की छोरी रुन थल्ने ।

यति व्यस्त भएर पनि बच्चाहरुका लागि कसरी समय दिनुहुन्छ ?

आफ्नो कामका साथसाथै उनीहरुलाई पनि बढिभन्दा बढि समय दिने मेरो चेष्टा हुन्छ । तीनै जना साना हुँदा म सुटुक्क घरबाट निस्किन्थेँ । तर, अहिले त जब म ड्रेसिङ टेबल अगाडि उभन्छिु, तीनै जना सोध्न थाल्छन्, ‘कहाँ जान लागेको ? कति बेला फर्किने ?’

एउटा बच्चा रुँदा उयसको जुम्ल्याहा पनि सँगसँगै रुने हुन्छ ?

यस्तो त फिल्ममा मात्रै हुन्छ । मेरा तीनवटै बच्चाहरुको अनुहार र स्वभाव फरक फरक छन् । छोरो शान्त स्वभावको छ भने सानी छोरी एकदम गफाडी छ । जेठी छोरी त झन् मलाई पनि पढाउन खोज्छे ।

तीन बच्चाहरु को ठूला र को साना कसरी छुट्याउनुभयो ?

तीन जनामा एक-एक मिनेटको अन्तर छ । जसको जन्म सबैभन्दा अगाडि भयो उ जेठो भयो । यद्यपि, तीन जनाबीच को ठूलो भनेर झगडा भइरहन्छ ।

शिरीष (श्रीमान) सँग भेट भएपछिको सबैभन्दा ठूलो उपलब्धि ?

बिहे अगाडि म यति मोटी थिइनँ । अहिले धेरै भएकी छु । मेरा बच्चाहरु मेरो सबैभन्दा ठूला उपलब्धी हुन् किनकी बिहे नगरी यो सम्भव थिएन ।

यति धेरै काम गर्नका लागि तपाईंमा उर्जा कहाँबाट आउँछ ?

पहिले त खानाबाट आउँथ्यो, अहिले मानिसहरुको प्रेमबाट । म खानाको एकदम सौखिन छु । केहीअघि सम्म त म सुटिङमा जाँदा सानोतिनो किचेन जस्तै टिफिन बक्स बोकेर हिँड्ने गर्थेँ । त्यसमा यतिधेरै खाना हुन्थ्यो कि अरु पनि धेरैले मसँगै खान्थें । तर, आजकाल आफ्नो तौल घटाउने चक्करमा भएकाले कम खाने गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment