+
+

राष्ट्रियसभाका लागि प्रदेश ६ मा १२ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १७:३०

१० माघ, सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ६ मा १२ जनाको मनोनयन दर्ता भएको छ ।

नेकपा एमालेका ५, माओवादी केन्द्रका ३ र नेपाली कांग्रेसका ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सु्र्खेतमा रहेको प्रदेश नम्बर ६ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार मनोनय दर्ता भएको हो ।

मनोनयन दर्ता गर्नेहरुमा एमालेको तर्फबाट नरपति लोहार, नन्दा शर्मा -चपाई), कविता बोगटी, भैरवसुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रबाट कालिबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल तामाङले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट गोपालप्रसाद शर्मा, विष्णु शाही, सूर्यदेवी मल्ल र मित्रलाल सार्कीको मनोनयन दर्ता भएको छ ।

निर्वाचनमा प्रदेश ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्ने निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेले जानकारी दिए ।

प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाका लागि ८ निर्वाचित हुनेछन् । जसमध्ये ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ जना दलित चुनिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?