Comments Add Comment

बालिकालाई जबरजस्तीकरणी गर्ने सेनाका मेजर जेल चलान

११ माघ, काठमाडौं । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनी बागलुङको २३ नम्बर बाहिनीमा कार्यरत् थिए ।

काठमाडौं जिल्ला अदालतले बिहीबार दिएको आदेश अनुरुप उनलाई बिहीबार जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि पौडेलले अनलाइनखबरलाई बताए ।

गत १४ पुसमा बुद्धनगरस्थित आफन्तको घरमा १४ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

शाहबिरुद्ध जबरजस्तीकरणी मुद्दा अन्तरगत बाल यौन दुराचार सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment