Comments Add Comment

प्रेमिकाको जन्मदिनमा सलिनमानको यस्तो सरप्राइज


नायक सलिनमान बनियाँ चलचित्र ‘ए मेरो हजुर २’ रिलिज पश्चात चलचित्र क्षेत्रबाट टाढा छन् । उनले, अफर आएका सबैजसो चलचित्र अस्विकार गर्दै आएका छन् । उनी, चलचित्रमा काम गर्ने मुडमा छैनन् । धेरैको विश्वास छ, सलिनलाई चलचित्र ‘ए मेरो हजुर ३’बाट नायिका झरना थापाले फेरि दर्शकमाझ ल्याउनेछिन् । तर, सलिन चलचित्र खेल्ने मुडमा भने छैनन् ।

उनै, सलिनमान इन्स्ट्राग्राममा भने चर्चित छन् । सलिनमानले बिहिबार आफ्नी प्रेमिकाको जन्मदिनमा विशेष सरप्राइज दिएका छन् । सलिनमानकी प्रेमिकाको बारेमा फाट्टफुट्ट समाचार आएपनि मिडियामा त्यस्तो चर्चा भने छैन ।

अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा सलिन रहेको वुझिएको छ । बिहिबार अस्प्रिनाले इन्स्ट्राग्राममा पोष्ट गरेको केहि तस्बिरले पनि उनीहरु गहिरो प्रेममा छन् भन्ने वुझन् सकिन्छ ।

सलिनले प्रेमिकाको जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेका छन् । उनी, आफैले अस्प्रिनासँग सेल्फी समेत खिचेका छन् । अस्पि्रनाले इन्स्ट्राग्राममा सलिनले आफूलाई सधै नै केयर गर्ने गरेको र आजको जन्मदिन विशेष बनाइदिएको भन्दै ‘मेरो प्रेम’ लेखेर धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment