Comments Add Comment

स्वस्थानी ब्रत र महिला अधिकारको प्रश्न

फाइल फोटो

शदियौंदेखि चलीआएको नेपाली हिन्दु समाजमा श्रीमान तथा भावी श्रीमानको श्रद्धा र दीर्घायुका निम्ति ब्रत राख्ने गरेको पाइन्छ ।

विशेष गरेर छिमेकी राष्ट्र भारतीय हिन्दु समाजमा गर्वाचौथ तथा नेपाली हिन्दु समाजमा विभिन्न शुभ दिनका नाममा जस्तै मंगलचौथी, तीज, ऋषिपञ्चमी तथा पवित्र दिन स्वस्थानीका नाममा आफ्ना श्रीमानका निम्ति महिलाहरु निराहार ब्रत बसेको पाइन्छ ।

विशेष गरेर स्वस्थानी ब्रत नेपाली महिलाहरुले गर्ने कठिन ब्रतको पर्व हो । यो पर्व पौष शुक्ल पूणिर्मादेखि एक महिनासम्म चल्छ । यो पर्वमा भगवान शिवका नाममा पति परमेश्वरको पूजा आराधना गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वासका साथ पतिको नाममा ब्रत बस्ने गरिन्छ ।

स्वस्थानी ब्रत हो या गर्वाचौथ, या ऋषिपञ्चमी हो या मंगलचौथी ब्रत, यी सबै पतिको दीर्घायु वा स्वस्थता तथा समृद्धिका लागि गरिने ब्रतहरु हुन् ।

कथा र किंवदन्तीअनुसार ढुङ्गे युगको समाज मातृसत्तात्मक थियो भन्ने पाइन्छ । महिला जैविकरुपमा पुरुषभन्दा कमजोर पक्कै हुन्छन् । तथापी सृष्टि चलाउने प्रमुख जिम्मेवारी उनीहरुको नै हुन्छ । पश्चिमा सभ्यता तथा इतिहास हेर्दा हामीभन्दा लैंगिक समानताको सिँढी चढ्न पश्चिमाहरु सफल भएका छन् ।

नेपालको परिप्रेक्ष्यमा हेर्दा सती प्रथा, देउकी, वादी तथा हाल सम्म रहेको छाउपडी प्रथा महिला विभेदका उदाहरणहरु हुन् । मासिक स्राव अथवा रजस्वला महिलामा हुने एक जैविक प्राकृतिक नियम भएता पनि यसलाई अशुद्धताको प्रतीकका रुपमा लिई लैंगिक विभेद विद्यमान छ ।

सन्दर्भ- स्वस्थानी ब्रत कथा

लैगिक समानताका लागि विश्वब्यापी महिला मुक्ति आन्दोलनमा नेपाली समाज पनि अछुतो रहेको पाइँदैन । विभिन्न राजनीतिक परिवर्तनका साथसाथै महिला सशक्तीकरण निम्ति कानुनमा फेरबदल गर्दै लैंगिक समानताका निम्ति निजामती सेवा, राजनीतिक नेतृत्व तथा विभिन्न गैरसरकारी संस्थाहरुमा ३३ प्रतिशत महिला सहभागितालाई कानुनले नै महिलालाई स्थापित गर्ने काम सह्रानीय काम गरेको छ ।

शक्तिशाली महिला आयोग, राष्ट्रपति, सभामुख, प्रधान न्यायधिश तथा उपप्रधानमन्त्री पद सम्म नेपाली महिलाहरु पुगेका छन् ।

नेपालको मानव विकास सूचकांक हेर्ने हो भने समग्र जातजातिको तुलनामा खस आर्य नै अरु जातिभन्दा अगाडि रहेको पाइन्छ । जातीय हिसाबले हेर्ने हो भने बहुसंख्यक रुपमा खस आर्य महिलाहरु नै नीति निर्माणदेखि नेतृत्व तहमा पुगेको देखिन्छ ।

लैंगिक समानता, घरमा निर्णयको अधिकार तथा घरजग्गामा महिलाको स्वामित्व तुलनात्मकरुपमा जनजाति महिलाका नाममा धेरै रहेको पाइन्छ ।

तर, दुःखको कुरा लैंगिक समानता जनजातिमा भन्दा खस आर्यमै विभेद देखिन्छ । मानव विकास सूचकांकमा पहिलो दोस्रो रहेका जिल्लाहरुमा नै लैंगिक विभेद रहेको पाइन्छ । विशेष लैंगिक समानताको व्यवहारिक पक्षमा हेर्दा लैंगिक समानता प्रत्येक घरको महिलाको स्थितिलाई हेर्नुपर्ने देखिन्छ ।

आजको समाजमा दिनभर लैंगिक समानताको पाठ पढाउने बेलुकी घरमा गई श्रीमानको खुट्टाको जल खाएर पवित्र हुँदै परिवर्तन खोज्ने हाम्रो समाज कति व्यवहारिक छ ? लैंगिक समानताका लागि ऐन नियम बनाउने हाम्रा उच्च शिक्षा हासिल गरेका दिदीबहिनी नै आफ्ना छोरीचेली र छोराको शिक्षामा परम्परादेखि चली आएका नियम कायम राख्न कटिवद्ध भेटिन्छन् ।

यहाँसम्म कि कुनै घरधुरी सर्वेक्षणको शिलशिलामा घरमुलीको नाम सोध्ने हो भने आफनो पिताको तथा श्रीमानको नाम नै दिने गर्छन् । होइन, तपाईको नाम भने पनि हुन्छ भन्ने हो भने बाबा वा श्रीमानको नाम भए भइहाल्यो नि भन्ने लैगिक समानताका पाठ पढाउने महिला दिदी बहिनीहरु हाम्रा समाजमा प्रशस्त छन् ।

हाम्रो हिन्दु समाजमा साँच्चिकै लैंगिक समानता तथा यथार्थ लैगिक समान समाजको निर्माण गर्ने हो भने परम्परागत संस्कारलाई चटक्कै बिर्सेर अन्धविश्वासी पति परमेश्वरवादी ब्रत प्रथा आजैबाट त्यागी हाम्रा महिलावादी आमा, दिदी, बहिनीले आम परिवर्तनको दिशामा अगाडि बढ्नुपर्ने हुन्छ ।

ब्रतमाथि नै विश्वास गर्ने हो भने पुरुष महिला समान पतिपत्नीका नाममा पतिपत्नीले दुवैले ब्रत राख्न सक्ने सामथ्र्य राख्न सक्नुपर्ने हुन्छ, । जसबाट नै महिला मुक्ति तथा लैंगिक समानता सम्भव देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment