Comments Add Comment

‘रानीमहल’ प्रेसमिटमा प्रदिपको २२ लाख पारिश्रमिकको चर्चा


बिहिबार आयोजना भएको चलचित्र ‘रानीमहल’को पत्रकार सम्मेलन २ कुराले चर्चित बन्यो । एक त, नायिका बर्षा सिवाकोटीले जाडोमा लगाएको खुलेको पहिरनको चर्चा । अर्कोतिर, नायक प्रदिप खड्काले चलचित्र किन गरेनन् भन्ने चर्चा ।

चलचित्र निर्माणको कुरा भन्दा यी दुई कुरा अहिले हटकेक बनिरहेका छन् । हामी यहाँ, नायक प्रदिप खड्काको ‘रानीमहल’ कनेक्शनको कुरा गर्दैछौ ।
चलचित्र ‘रानीमहल’ निर्माणको चर्चा हुँदा नायक प्रदिप खड्का चलचित्र ‘प्रेमगीत २’को प्रमोशनमा व्यस्त थिए । सो समयमा नै उनले, एउटा लभस्टोरी चलचित्रका लागि नायिका चाहिएको कुरा बताएका थिए । उनले नै नायिका सन्ध्या केसीलाई सिफारिश गरेको चर्चा समेत छ । तर, पछि सन्ध्या पनि चलचित्रमा भइनन् ।

अन्तिममा यो चलचित्रमा प्रदिप नभएर नयाँ २ हिरो आए । प्रदिप किन भएनन् भन्ने प्रश्नमा चलचित्रका निर्देशक हिमाल न्यौपानेले घुमाउरो जवाफ प्रेसमिटमा दिए । उनले, कुनै कलाकार हुनु वा नहुनु भन्दा पनि चलचित्र कस्तो बन्छ भन्नेमा आफूले ध्यान दिने बताए ।

यो चलचित्र खेल्दा प्रदिपलाई यसको निर्माणपक्षले २२ लाख पारिश्रमिक दिन समेत तयार भएको थियो । प्रदिपको पारिश्रमिक यसरि ह्वात्तै बढाउनुमा यो चलचित्रका निर्माताको मुख्य भूमिका छ ।

प्रदिपले कथा परिवर्तन गर्नुपर्छ भन्दा पनि यसको निर्माणपक्ष तयार थियो । तर, बिहिबार आयोजित पत्रकार सम्मेलनमा भने निर्देशकले यो कुरामा खुलेर जवाफ दिन चाहेनन् । तर, जे भएपनि पत्रकारले भने प्रदिपले २२ देखि २५ लाख पारिश्रमिक मागेको कुरामा प्रश्नमाथि प्रश्न तेर्श्राएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment