+
+
Shares

शिवम् सिमेन्टको प्रायोजनमा खुला महिला भलिबल प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १८:२०


१२ माघ, काठमाडौं । शिवम् न्यु डायमण्ड एकेडेमीको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा प्रथम शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुनेे भएको छ ।

नेपालका चर्चित टिमका राष्ट्रिय स्तरका खेलाडीले कला कौशल प्रदर्शन गर्ने नयाँ खेलाडीले आफ्नो प्रतिभा उजागर गर्ने प्रतियोगिता माघ २१ देखि २३ गते सम्म संचालन हुने छ ।

लिगकम नकाउटका आधारमा खेलाईने प्रतियोगिताका सहभागि ६ टिमलाई दुई समूहमा बिभाजन गरिने छ । ढोरपाटन महिला डबल लिगको १३ औ सस्करणका उत्कृष्ट ६ स्थान हासिल गर्ने टिमले भलिबल प्रतियोगितामा सहभागिताका लागि अनुमति पाउने छन् ।

न्यु डायमण्ड एकेडेमी र शिवम् सिमेन्ट बीच भएको एक बर्षे सम्झौता अनुसार प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टले ५ लाख उपलब्ध गराउने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार, द्धितिय पुरस्कार १ लाख १ हजार,तृतीय पुरस्कार ५१ हजार तथा चौथो पुरस्कार २१ हजार रहेको छ ।

त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी १० हजार नगद र आर्कषक ट्रपि|m प्राप्त गर्नेछन् । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार, ट्रफि प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?