Comments Add Comment

चार महिनामा विराटनगर नाकाबाट १ अर्बको कृषि जन्य वस्तु आयात

५ करोडको मकै,२ करोडको चामल

१२ माघ, विराटनगर । यस वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा विराटनगर नाकाबाट १ अर्ब ३८ करोड १ सय ५४ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख दिनेश घिमिरेका अनुसार यस नाकाबाट ३९ प्रकारका कृषि जन्य वस्तु नेपाल आयात भएको छ । जसमा सबैभन्दा बढी २३ हजार ६ सय ११ मेटि्रक टन मकै आयात भएको छ ।

चार महिनाको अवधिमा ५ करोड ९० हजार २ सय ७५ रुपैयाँको मकै आयात भएको छ । त्यसैगरी १ करोड १६ लाखको धान, ३ करोड ८० लाखको गहुँ, ६१ लाखको कोदो, २ करोड ५४ लाखको चामल र १ करोड ९३ लाखको कालो मरिच, १ करोड ७२ लाखको सुपारी, ६४ लाख रुपैयाँको स्याउ आयात भएको छ ।

पानको पात, कागती, अनार, सोयाविन, जिरा, आलु, प्याज, लसुन, भटमास लगायतका उत्पादन पनि आयात भएको छ ।

यस अवधिमा नेपालबाट भने १३ करोड ८८ लाख ७ सय ३२ रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ । नेपालबाट १ करोड ७८ हजारको पिना भारत निर्यात भएको छ । परिमाणको आधारमा पिना सबै भन्दा बढी निकासी हुने वस्तु हो । कार्यालयका अनुसार नेपालबाट भारत तर्फ १८ प्रकारका कृषि जन्य उत्पादन निर्यात भएको छ ।

मूल्यको आधारमा सबैभन्दा बढी १० करोड ६६ लाख रुपैयाँको अलैची भारत निकासी भएको छ । यसैगरी अलैचीको कुचो, गहुँको चोकर, दलहन, बन्दा, चिया चिराइतो पनि केही मात्रामा भारत निकासी भएको छ ।

भारतबाट धान, गहुँ, बदाम, तिल, जिरा, धनियाँ, ज्वानो, च्याउ, पानको पात, सुन्तला, सुपारी, अलैची, कागती, अगुर, अनार सुन्तला आदि आयात हुन्छ । कार्यालयका प्रमुख घिमिरेका अनुसार नेपालले अस्ट्रेलिया, क्यानडा आदि देशबाट पनि कृषि उत्पादन आयात गर्दै आएको छ ।

क्वारेन्टाइन कार्यालयका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म ७४ करोड २४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार तीन सय ९५ मेटि्रक टन गेडागुडी क्यानडा र अष्ट्रेलियाबाट आयात भएको छ ।

गएको आर्थिक वर्ष ०७३/०७४ मा विराटनगर नाका हुँदै ७ अर्ब २१ करोड ९१ हजार रुपैयाँको कृषिजन्य वस्तु आयात भएको थियो । नेपालबाट भने १ अर्ब ४० करोड रुपैयाँको कृषिजन्य उत्पादन निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment