लण्डन । सांगीतिक कार्यक्रम ‘एभरेष्ट म्युजिकल ब्लाष्ट-२’ का लागि युके पुगेकी गायिका मिलन अमात्य अहिले युकेकै साथीभाइ भेटघाटमा व्यस्त छिन् ।
यसपाटकको यात्रा उनको लागि यसकारण अविस्मरणीय भयो, इ-मिडिया हब युकेले सरप्राईज बर्थ डे आयोजना गरिदियो । ‘मलाई थाहै थिएन साथीहरुले सरप्राइथ बर्थ डे पार्टी आयोजना गर्नु भयो ।’ मलिनले भनिन् ।
२७ जनावरीदेखि अल्डर्सटको एम्पायएर हलवाट उनको कार्यक्रम सुरु भएको छ । कार्यक्रममा उनले आफ्ना दर्जनौ चर्चित गीत सुनाइन् ।
युकेका अन्य विभिन्न स्थानमा पनि उनले गीत गाउनेछिन् । ‘अबको डेढ महिना यतै हुन्छ । धेरै ठाउँमा गीत प्रस्तुत गर्नुछ ।’ मिलनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4