+
+

तीन बैंकको आधा वर्षमै एक अर्ब नाफा, नेपाल इन्भेटमेष्ट, एभरेष्ट, एनएमबी अर्बपति क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १४ गते ११:४०


१४ माघ, काठमाडौं । चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा तीन बैंकको नाफा एक अर्ब पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकको नाफा अर्ब कटेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब ८३ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने करिब ६ प्रतिशतले बढेको छ । यो २ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने करिब १६ प्रतिशतले बढेको छ । यो रकम २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ४६ करोड रुपैयाँ राखेको छ भने कुल ३२ करोड फिर्ता ल्याएको (राइट ब्याक गरेको) छ । बैंकको खराब कर्जाको अनुपात बढेर १.१२ प्रतिशत रहको छ । करिब १ सय ७६ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ९८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब ९ प्रतिशतले बढेको छ ।

बैंकको करिब ११ प्रतिशतले निक्षेप बढेर १ खर्ब २९ अर्ब रहेको छ । कर्जा १७ प्रतिशतले वृद्धि भएर १ खर्ब १३ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७८.४७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग खासै स्पेश छैन ।

बैंकको कुल कर्जा लगानीमा ६२ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा ७० अर्ब ८६ रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल केही बढेर करिब १७.८३ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब डेढ अर्बले बढेपनि सेयरमा प्रतिफल स्थिर जस्तै छ । बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड पुगेको छ भने सञ्चिती ९ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३४.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९३ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा एभरेष्ट बैंकको नाफा १७ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब १४ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने १९ प्रतिशतले बढेको छ । यो १ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने करिब १९ प्रतिशतले बढेको छ । यो रकम २ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ५१ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम करिब ८ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ८ करोड रुपैयाँ राखेको छ भने१ करोड मात्रै फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ०.२५ प्रतिशत रहको छ । करिब ४ सय ९३ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब १४ प्रतिशतले निक्षेप बढेर १ खर्ब  पुगेको छ । कर्जा करिब १७ प्रतिशतले वृद्धि भएर ८४ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात करिब ८२ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७५.८४ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग राम्रै स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ४९ प्रतिशत लगानी रियल इस्टेट र ओभरड्राफ्ट कर्जामा रहेको छ । यी क्षेत्रमा ४२ अर्ब रुपैयाँ लगानी भएको छ ।
बैंकको सेयरमा प्रतिफल २३ प्रतिशतबाट घटेर करिब १८.८८ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ४ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड पुगेको छ भने सञ्चिती ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २८.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ रहेको छ ।

एनएमबी बैंक

चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा एनएमबी बैंकको नाफा ४३ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ७० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ३८ प्रतिशतले बढेको छ । यो १ अर्ब १३ करोड रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी भने १० प्रतिशतले बढेको छ । यो रकम १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट ५६ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ३९ प्रतिशतले बढेको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ९ करोड रुपैयाँ राखेको छ भने २५ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात घटेर १.२० प्रतिशत रहको छ । करिब १ सय ५७ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको करिब १७ प्रतिशतले निक्षेप बढेर ८० अर्ब ५५ करोड रहेको छ । कर्जा १७ प्रतिशतले वृद्धि भएर ७० अर्ब ९३ करोड पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८८ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.६१ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । थप कर्जा लगानी गर्न बैंकसँग स्पेस छ ।

बैंकको कुल कर्जा लगानीमा ३७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २६ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकको सेयरमा प्रतिफल १७ प्रतिशतबाट बढेर १८ प्रतिशतमा भएको छ । बैंकको चुक्ता पूँजी करिब एक अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुगेको छ भने सञ्चिती ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २८ बाट बढेर ३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?