१४ माघ, काठमाडौं । सोलुखुम्बुको थुलुङ–दूधकोशी गाउँपालिका–९ मा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् ।
घाइते हुनेमा ३८ वर्षीय रासमान तामाङ र उनकी श्रीमती ३६ वर्षीया पुष्पमाया तामाङ छन् ।
उनीहरुलाई शनिबार खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानीयले बताए ।
घाइते दुवै जनाको उपस्वास्थ्य चौकी, खोटाङमा उपचार भइरहेको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4