+
+
Shares

मर्‍यो दुनियाकै बुढो गोरिल्ला

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ११:४८

काठमाडौं । विश्वको सबैभन्दा पाको उमेरको पोथी गोरिल्ला अब यो दुनियामा रहेन । अमेरिकाको सान डिएगो चिडियाखानामा रहेको विला नामक उक्त गोरिल्लाको ६० वर्षको उमेरमा निधन भएको छ ।

विलाको सन् १९५७ मा कंगोमा जन्म भएको थियो । यसले आफ्ना पाँच पुस्ता देखेर मरेको छ । मृत्युको समयमा उसका परिवारका सदस्यहरुले उसलाई घेरेको सान डिएगो चिडियाखानाले जनाएको छ ।

सफारी पार्कमा जनावरको हेरचाह गर्ने पेगी सेक्सटन भन्छन्, ‘निकै कम गोरिल्ला मात्र यो उमेरसम्म बाँच्दछन् । आमरुपमा गोरिल्लाको औसत आयु ३५ देखि ४० वर्षसम्म मात्र हुन्छ ।’

अर्का एक कर्मचारी रेन्डी रिचेजले चिडियाखानाका सदस्य, पाहुनाहरु तथा स्वयंसेवी र सदस्यहरुलाई उक्त गोरिल्लाको अभाव सधैं महसुस हुने बताए ।

अर्कान्ससको लिटिल रक चिडियाखानामा यसअघि ६१ वर्षको कोलो नामक पोथी गोरिल्ला थियो । उक्त गोरिल्लाको गत वर्ष मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?