Comments Add Comment

चिसोमा हुनसक्छ आँखाको संक्रमण, यसरी राखौं ध्यान

तपाई/हामीले झेलेका छौं, धेरै चिसोमा आँखामा कचेरा लाग्छ । आँखा सुन्निए जस्तो हुन्छ ।

जाडो मौसममा आँखामा विभिन्न संक्रमण हुनेगर्छ । खासगरी जाडोमा सुख्खा तथा चिसो हावाका कारण आँखा सुख्खा हुने गर्दछ । सडकमा उडेको धुवा, धुलो आँखामा जमेर यसले आँखामा विभिन्न संक्रमणहरु निम्त्याउने गर्छ ।

त्यसैले यो सिजनमा आँखा पोल्ने, चिलाउने तथा धमिलो देखिने गर्दछ । यस्तो अवस्थामा यी तरीका अपनाएर पनि आँखालाई सुरक्षा प्रदान गर्न सकिन्छ ।

आई ड्रप्सको प्रयोग

मौसममा भएको फेरबदलका कारण जाडो मौसममा ड्राई आईज अर्थात आँखा सुख्खा हुने समस्या अधिक हुने गर्छ । आँखा सुख्खा भएमा आँखा सम्बन्धि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।

आँखा सुख्खा भएमा कृतिम आशुक तथा आई ड्रपको प्रयोगद्धारा पनि आँखालाई भिजाउन सकिन्छ । यस्ता आई ड्रप विभिन्न औषधी पसलहरुमा किन्न सकिन्छ । यस्ता ड्रपले आखामा कृतिम आशुको रुपमा काम गर्न मद्दत गर्छ र आँखालाई सुख्खा हुनबाट बचाउँछ ।

प्रशस्त मात्रामा पानीको सेवन

जसरी गर्मी मौसममा शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउन जरुरी छ । त्यसैगरी , चिसो मौसममा आखालाई सुख्खा हुनबाट बचाउन प्रशस्त मात्रामा पानी पिउन उत्तिकै जरुरी छ । जाडो मौसममा प्रशस्त मात्रामा पानीको सेवन गर्नाले ड्राई आइजको समस्या कम हुने गर्छ ।

धेरै भन्दा धेरै पटक आँखा झिझिम गर्ने

कुनै पनि बस्तुलाई एकनाशले हेरिरहेको खण्डमा आँखा झिमकाउन सामान्य भन्दा कम हुने गर्छ । अझ धरै बेरसम्म उक्त बस्तुलाई क्रमश हेर्ने हो भने त आँखा झिमकाउन लगभग बन्द नै हुन्छ । आखा कम झिमकाउनाले आँखा थाक्छ र यसले पर्याप्त मात्रामा आशु उत्पादन गर्न सक्दैन ।

जसका कारण आँखा सुख्खा हुने गर्दछ । जाडो मौसममा हावाका कारण आखा सुख्खा भईरहदाँ आँखाले समेत सही तरीकाले आशु उत्पादन नगरेको खण्डमा आँखा सम्बन्धि विभिन्न संक्रमणहरु हुने गर्दछ ।

कम्प्यूटरमा धेरै बेर नबस्ने

ल्यापटप तथा कम्प्यूटरमा धेरै बेर बस्नाले आँखामा थकान महसुस हुने गर्छ । त्यसैले, प्रत्येक पटक कम्प्यूटर तथा ल्यापटपमा बसेर काम गर्दा आखालाई बेलाबेलामा आराम दिऊ । त्यतिमात्र हैन, करिब द्द० निेट कम्प्यूटरमा काम गरिसकेपछि करिब २० मिटर टाढा रहेकेा कुनै बस्नतुलाई करिब २० सेकेन्डसम्म हेरेमात्र पनि आँखालाई आराम मिल्छ ।

सन ग्लासको प्रयोग गर्ने

आँखाका संक्रमण कम गर्ने विभिन्न उपायहरुमध्य सन ग्लासको प्रयोग पनि एक हो । सनग्यासको प्रयोगल आखामा इट्टा, बालुवा लगायतका कण छिर्नबाट आखालाई सुरक्षा प्रदान गर्छ ।

त्यसैगरी, सुख्खा हावाका कारण आखाँमाहुन सक्ने सुख्खापनाबाट समेत यसले आँखालाई राहत प्रदान गर्छ । साथै यसले घामको विकिरणका कारण आखामा हुनसक्न विभिन्न समस्याबाट समेत आँखाको सुरक्षा गर्छ । त्यसैले, चिसोमा घरबाट बाहिर निस्कनु परेको अवस्थामा चिकित्सकहरु जहिलेपनि सनग्लासको प्रयोग गर्न सल्लाह दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment