+
+
Shares

सुरक्षागार्डको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १२:४२

१५ माघ, काठमाडौं । काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा गएराति भएको सुरक्षागार्डको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यद्यपि, प्रहरीले उनीहरुको परिचय भने खुलाएका छैन ।

हत्या गरिएका सुरक्षागार्ड मावापौवा–२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङसँगै कार्यरत् अन्य तीन जना सुरक्षागार्डहरु पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले घटनाको अनुसन्धानको क्रममा तीनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मृतक तामाङसँगै कार्यरत् एक जना सुरक्षागार्डसँग केही दिन अघि उनको विवाद भएको थियो ।

‘एउटा भेट्टाएकाे सामानको विषयमा विवाद भएको खुलेको छ’, ती प्रहरी अधिकारीले भने, ‘हामीले थप सोधपुछ गरिरहेका छौं ।’

ती अधिकारीका अनुसार घटनास्थलको छेउमा स्टीलको रड भेटिएको छ । र, त्यसैको प्रहारबाट तामाङको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलाई फेला पारिएको थियो । र, ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार उनको टाउको र हिपमा गहिरो चोट लागेको थियो ।

घटनास्थलमा सीसी टिभी क्यामेरा समेत नभएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् 

काठमाडौंको मच्छिन्द्रबहालमा सुरक्षागार्डको हत्या

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?