+
+
Shares

अनलाइन सपिङमा प्रयोग नगर्नुस् डेविट कार्ड, कारण यस्तो छ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १४:०३

पछिल्ला दिनमा नेपालमा पनि बिस्तारै अनलाइन सपिङको प्रचलन बढ्दै गइरहेको छ । यसका धेरै फाइदाहरु पनि छन् । जस्तै, राम्रो छुट पाइन्छ, धेरै उत्पादनहरुबाट छनोट गर्न सकिन्छ, सामान घरमै आइपुग्छ आदि ।

सायद तपाईंसँग पनि अनलाइन सपिङको अनुभव होला । तर, अनलाइन सपिङ गरेपछि तपाईं कसरी भुक्तानी गर्नुहुन्छ ? नगद वा कार्डबाट ? यदि कार्डबाट गर्नुहुन्छ भने डेबिट कार्ड वा क्रेडिट कार्डबाट ? यदि डेबिट कार्डबाट भुक्तानी गर्दै आउनुभएको छ भने आइन्दा यसो गर्न छोड्नुस ।

अनलाइनबाट सामान किन्दा कहिल्यै पनि डेबिट कार्ड प्रयोग गर्नु हुँदैन । यसको अर्थ यो होइन कि अनलाइन सपिङ असुरक्षित छ । खासमा प्रत्यक्ष बजारमा पुगेर गरिने नियमित सपिङभन्दा यो अझै सुरक्षित छ । तर, यस्तो नियमित सपिङ पनि डेबिट कार्डबाट गर्नुहुन्न । किन त ?

अनलाइन वा अफलाइन सपिङमा डेबिट कार्ड प्रयोग गर्न नहुने दुई प्रमुख कारणहरु छन् ।

पहिलो कारण

डेबिट कार्ड र क्रेडिट कार्ड दुवैले इ-ट्रान्जेक्सन प्रयोग गर्दै सामान खरिद गर्न सक्षम बनाउछन् । क्रेडिट कार्डमा तपाईंले कति खर्च गर्न सक्नुहुन्छ भन्ने सीमा हुन्छ । डेबिट कार्डमा यस्तो सीमा हुँदैन । यदि तपाईंसँग बैंकमा पैसा छ भने डेबिट कार्डको प्रयोगले खर्च गर्न सक्नुहुन्छ ।

यसको अर्थ के हो भने यदि तपाईंको डेबिट कार्ड ह्याक भयो भने बैंकमा भएको सबै पैसा तपाईंले गुमाउन सक्नुहुन्छ । तर, क्रेडिट कार्ड ह्याक भयो भने बढि से बढि तपाईंसँग उपलब्ध ‘क्रेडिट’ गुम्न सक्छ ।

दोस्रो कारण

क्रेडिट कार्डमा तपाईंलाई उपलब्ध पैसा तपाईंको होइन । जब तपाईं क्रेडिट कार्ड प्रयोग गरेर पैसा खर्च गर्नुहुन्छ, तपाईं बैंकको पैसा खर्च गरिरहनु भएको हुन्छ (यद्यपि, तपाईंले खरिद गरिसकेपछि यो तपाईंको दायित्व बन्न जान्छ र तपाईंले चुक्ता गर्नुपर्ने हुन्छ जसमा बैंकले तपाईंलाई अरु शुल्क र ब्याज पनि थप्न सक्छ) । यसले तपाईंलाई ठगीबाट एक किसिमले संरक्षण गर्छ ।

यदि तपाईंको क्रेडिट कार्ड ह्याक भयो वा तपाईंको अनुमतिबेगर प्रयोग भयो भने त्यसपछिको ठगीलाई रोक्ने जिम्मेवारी तपाईंको होइन बैंकको हुन्छ । यदि तपाईंको कार्ड दुरुपयोग भयो भने तपाईं बैंकलाई भन्न सक्नुहुन्छ कि तपाईं ठगीमा पर्नुभयो र यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न । अधिकांस घटनामा बैंकहरुले कारोबारको अनुसन्धान गर्छन् र जब उनीहरुले तपाईंले सत्य बोल्नुभएको छ भन्ने पत्ता लगाउँछन्, ठगी भएको रकम तपाईंबाट असुल्दैनन् ।

डेबिट कार्ड ठगी हुँदा पनि तपाईंले बैंकलाई आफ्नो कार्डको दुरुपयोगबारे भन्न सक्नुहुन्छ र तपाईंले आफ्नो पैसा फिर्ता पाउन पनि सम्भव छ । तर डेबिट कार्ड दुरुपयोग र क्रेडिट कार्ड दुरुपयोगबाट हुने ठगी बीचमा भिन्नता के छ भने अघिल्लोको हकमा तपाईर्ले पहिले पैसा गुमाउनु हुन्छ र पछि बैंक तपाईंको कुरामा सहमत भयो भने मात्रै गुमाएको पैसा फिर्ता पाउनुहुन्छ । दोस्रोको हकमा तपाईंले सुरुमा कुनै पैसा गुमाउनुुहुन्न । यदि बैंकले तपाईंले गरेको दावीलाई अस्वीकार गर्न र तपाईंलाई पैसा पैसा तिर्न लगाउन भने सक्छ ।

अर्को शब्दमा जब तपाईं डेबिट कार्ड प्रयोग गरेर पैसा खर्च गर्नुहुन्छ, तुरुन्तै तपाईंको पैसा जान्छ । बैंक एकाउन्टबाट तपाईंले खर्च गरेको पैसा तत्कालै घट्छ । तर, क्रेडिट कार्ड फरक हुन्छ । यहाँ पनि पैसा जान्छ तर तपाईंले गरेको कारोवार र तपाईंले पैसा तिर्नुपर्ने समयबीच अन्तराल हुन्छ, जुन प्राय क्रेडिट कार्ड बिलिङ साइकलको अन्त्यमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?