Comments Add Comment

‘हैरान’ले तोक्यो प्रदर्शन मिति


विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र वि.सं २०७५ साल जेठ ४ गते रिलिज हुने भएको छ । काठमाण्डौमा माधव वाग्ले र काठमाण्डौ बाहिर मनोज राठीले यो चलचित्रको वितरण गर्ने कार्यकारी निर्माता संझना पोखरेलको भनाई छ ।

कमेडी कथामा तयार भएको यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी ,एन्जल राई , सागर लम्साल , आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई.एल. लामा निर्माता छन् ।

यो चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , चन्द्र पन्तको एक्सन, सत्यराज आचार्य, स्वरूपराज आचार्य , किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत छ । चलचित्रमा नवराज उप्रेती र निरज कँडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment