Comments Add Comment

यूएन मिसनमा साउथ सुडान जान लागेको टोलीको विदाइ

१५ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघको मिसनका लागि साउथ सुडान जान लागेको सशस्त्र प्रहरी बल नेपालको १ सय ८१ सदस्यीय टोलीको बिदाइ गरिएको छ ।

त्यहाँको फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिन लागेको टोलीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा एक कार्यक्रमका बीच विदाइ गरिएको हो ।

विदाइ समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बलको बर्दीमा रुपमा शान्ति स्थापनार्थ परदेश सेवा गर्दा संयुक्त राष्ट्रसंघको म्याण्डेट र प्राप्त कार्यादेश बमोजिमको जिम्मेवारीलाई पूरा गर्ने सिलसिलामा अनुशासित एवं बफादार भएर व्यावसायिक कार्यकुशलताको उत्कृष्ट नमुना प्रदर्शन गर्न निर्देशन दिए ।

उनले यूएन मिसनलाई अवसरको रुपमा लिएर अझै बढी संवेदनशिल एवं निःस्वार्थ भावनाका साथ दायित्व निर्वाहमा क्रियाशिल रहनुपर्ने बताए ।

साथै, श्रेष्ठले शान्ति मिसनमा सहभागी विभिन्न देशका सुरक्षा अधिकारी तथा अन्य सम्बन्धित पक्षहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै आपसी सहयोग, सदभाव र सामूहिक एकताका साथ सधैं चेन अफ कमाण्डमा रहेर कार्य गर्न निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीको कमाण्डमा एक वर्षे कार्यकालका लागि अनमिस मिसन साउथ सुडानमा खटिएको टोलीमा अधिकृत, बिल्लादार तथा जवान गरी १ सय ८१ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment