+
+
Shares

जाँदाजाँदै देउवाले राष्ट्रिय अराजकता निम्त्याएको महराको आरोप

'पार्टी एकता भए साधारण सदस्य बस्न तयार छु'

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ११:४०
फाइल फोटो

१५ माघ, दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जथाभावी निर्णय र नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अराजकता निम्त्याएको आरोप लगाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै महराले सरकारले जनमत गुमाइसकेकाले अहिले गरिएका कुनै पनि निर्णय र नियुक्तिको औचित्य नहुने बताए । ‘अहिले गरिएका सबै खाले असान्दर्भिक नियुक्तिहरु नयाँ सरकारले खारेज गर्ने छ,’ महराले भने, ‘देउवाको यस्ता हर्कतले मुलुकलाई अस्थिरता र अराजकता तर्फ लैजान्छ ।’

निर्वाचन परिणामपछि प्रधानमन्त्री देउवा झन् बढी असहिष्णु भएको महराको आरोप छ ।

महराले एमाले र माओवादी केन्द्रबीच केही दिनभित्र पार्टी एकताको ठोस निर्णय हुने दाबी गरे । ‘दुई पार्टीका अध्यक्षहरुबीच पार्टी एकताको विषयमा निकै गम्भीर कुरा भएको छ,’ उनले भने, ‘अब पार्टी एकतालाई कुनै शक्तिले रोक्न सक्दैन, दुई पार्टी निकै नजिक भइसकेका छन् ।’

पार्टी एकताका लागि दुबै दलले आफ्ना पूराना मूल्य मान्यताहरुलाई त्याग्दै नयाँ शिरामा प्रवेश गर्नुपर्ने महराको भनाइ छ । ‘प्रतिनिधिसभा तथा राष्ट्रियसभामा जनताले पार्टी एकताको स्पष्ट सन्देश दिइसकेका छन्, अब पार्टी एकताबाट कोही पछि हट्न मिल्दैन,’ उनले भने, ‘पार्टी एकता सम्मानजनक हुनुपर्छ, अब सबैले पूरानो हृयाङ त्याग्नुपर्छ ।’

आफू पार्टी एकताका लागि दृढ भएको उल्लेख गर्दै महराले आफूले कुनै पद दाबी नगरेको स्पष्ट पारे । ‘मलाई पार्टी एकताका लागि आफ्नो पोजिसन सुरक्षित गर्न खोज्यो भनेर केही शक्तिहरुले दुष्प्रचार गर्न खोजिरहेका छन्,’ उनले भने, ‘मेरो पद गौण कुरा हो, पार्टी एकताका लागि म साधारण सदस्य रहेर पनि काम गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?