Comments Add Comment

अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क

१६ माघ,काभ्रे । शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ ।

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो ।

शहीदपार्कमा बिभिन्न आन्दोलनमा शहीद भएका विद्यार्थी नेताहरुको शालिक राखिनेछ ।

विद्यार्थी आन्दोलनको इतिहासलाई सधैंका लागि जिबित राख्ने उदेश्यले शहीद पार्क निर्माण गर्न लागिएको अखिल अध्यक्ष नविना लामाले बताइन् ।

शहीद पार्कका अखिलका पूर्व अध्यक्ष विश्वकान्त मैनाली र वर्तमान अध्यक्ष नविना लामाले संयुक्त रुपमा शिलान्यास गरे ।

कार्यक्रममा नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा, अनेरास्ववियुका सचिव समिक बडाल,आरसी लामिछाने, पवक्ता सुदिप शर्मा लगायतको उपस्थिति थियो ।

शहीद पार्क निर्माणका लागि स्थानीय समाजसेवी तथा पूर्व गाविस अध्यक्ष पदमबहादुर लामा र रामबहादुर तामाङले जग्गा उपलब्ध गराएका हुन् ।

पार्कलाई लाइब्रेरी र अन्य ऐतिहासिक दस्तावेजहरुको संग्रहालयका रुपमा बिकास गरिने अनेरास्ववियुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment