Comments Add Comment

वर्कआउटको बेला यसरी राखौं छालाको ख्याल

फिटनेसप्रति सचेत तन्नेरी पुस्ता अहिले जिम धाउन थालेका छन् । शंका छैन, जिममा गरिने वर्कआउटले शरीरलाई स्वस्थ्य र तन्दुरुस्त बनाउँछ । सुगठित पनि । साथसाथै यसले मुड पनि फ्रेस बनाउँछ ।

वर्कआउटका अनेक फाइदा छन् । यद्यपी वर्कआउटका क्रममा केहि कुरामा भने ख्याल गर्नुपर्छ । खासगरी छालाको सुरक्षाको लागि ।

वर्कआउटले छालालाई स्वस्थ्य बनाउँछ । तर, वर्कआउटको क्रममा गरिने सानोतिने गल्तीले छालाको सौन्दर्य नष्ट पनि गर्छ । त्यसैले वर्कआउटको क्रममा छालाको सौन्दर्य कायम राख्ने के गर्ने, के नगर्ने ? ध्यान दिनैपर्छ ।

१. आफ्नो अनुहारलाई नछुने

वर्कआउटपछि शरीरमा यति धेरै पसीना आउँछ कि यसबाट प्रशस्त ब्याक्टेरिया उत्पन्न हुन्छन् । त्यसैले यतिबेला आफ्नो अनुहारमा छुँदा यसबाट इन्फेक्सन फैलिन सक्छ ।

२. तौलिया होइन वाइप्स

धेरै व्यक्तिहरु यो गल्ति गर्छन् । उनीहरु त्यही तौलियाले आफ्नो अनुहार पुस्छन् जुन उनीहरुले वर्कआउटका क्रममा शरीर पुछ्न प्रयोग गरेका थिए । यसबाट छालामा इन्फेक्सन फैलिन सक्छ र डण्डीफोर निस्किन सक्छ । तौलियाको साटो अनुहार पुछ्नका लागि सँधै चिसो वाइप्स प्रयोग गरौं ।

३. मनतातो पानीको प्रयोग

वर्कआउटमा पसिना बगाएपछि कतिपय व्यक्तिहरु चिसो पानीले नुहाउन रुचाउँछन् । तर यो ठीक होइन । चिसो पानीले नुहाउँदा तपाईंको छालाको प्राकृतिक तेल निस्केर जान्छ । यसबाट छाला फुस्रो हुन्छ । त्यसैले सँधै मनतातो पानीले मात्र अनुहार र शरीर धुने गरौं ।

४. छालालाई बिस्तारै पुछ्ने

वर्कआउट गर्ने क्रममा शरीरमा पसीना आउँदा कहिले पनि तौलियाले छालामा बेस्सरी रगड्नु हुँदैन । यसबाट छाला रातो हुन्छ र खटिरा निस्किन सक्छ ।

५. हल्का टोनर प्रयोग गर्ने

कडा वर्कआउट गरेपछि तपाईंको छाला भित्रबाट बाहिरतर्फ डिहाइड्रेट हुन सक्छ । त्यसैले बढि भन्दा बढि पानी पिउने र अनुहारमा हल्का टोनर लगाउनुपर्छ ।

६. मोइस्चराइजर लगाउने

स्किन टोनर प्रयोग गरिसकेपछि आफ्नो अनुहारमा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर सँधै लाइट हुनुपर्छ । जसले गर्दा छाला वर्कआउटभन्दा अगाडि र पछाडि पनि मुलायम बनिरहोस ।

७. मेकअप नगर्ने

यो एउटा महत्वपूर्ण स्किन केयर टिप्स हो जुन ध्यानमा राख्नुपर्छ । चाहे विहान वर्कआउटका लागि निस्किने वा बेलुकी, आफ्नो अनुहारमा मेकअप कहिल्यैए नगर्ने । वर्क आउट गरेको एक घन्टा पछिसम्म पनि मेकअप लगाउनु हुँदैन । अन्यथा डण्डीफोर र खटिरा निस्किन सक्छ ।

८. सनस्क्रिन लगाउने

छालालाई जोगाउनका लागि सनस्त्रिmन लगाउनुपर्छ । यदि दिउँसो वर्कआउट गर्दै हो भने त्यसभन्दा अगाडि सनस्त्रिmन अवश्य लगाउने । यसले छाला बिगि्रन दिँदैन ।

९. वर्कआउटपछि मुख धुने

वर्कआउट गरिसकेपछि सबैभन्दा पहिले अनुहारलाई राम्ररी धुनुपर्छ । किनभने वर्क आउटका क्रममा अत्यधिक पसिना आएको हुन्छ । पसिनामा ब्याक्टेरिया र अन्य किटाणुहरु धेरै हुन्छन् जसले छालालाई उजाड बनाइदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment