+
+
Shares

कञ्चनपुरमा सीमा विवाद, नेपाली सडक विस्तारमा एसएसबीको अवरोध

दीपक उपाध्याय  दीपक उपाध्याय
२०७४ माघ १७ गते १२:१२

१७ माघ, धनगढी । कञ्चनपुरको बेलौरीमा नेेपाली भूमिमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

बेलौरी नगरपालिकाले वडा नम्बर १० सरघाट क्षेत्रमा सडक विस्तार थालेको थियो । पुरानो सडकलाईर् नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएको छ । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको मेयर पोतिलाल चौधरीले जानकारी दिए ।

६५ वर्षीय कृष्णप्रसाद शर्माले लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा एसएसबीले रोकेको बताए । नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय पल्लव भट्टले बताए ।

एसएसबीले भोराकोट क्षेत्रमा पनि करिव १०० मिटर सडक विस्तारमा अवरोध गरेको छ ।

मेयर चौधरीले भने, ‘सीमा पिल्लर भन्दा १०० मिटर परै सडक विस्तार गर्न खोजिएको हो । तर, भारतीय पक्षले अवरोध गर्दा काम हुन सकेको छैन ।’

नगरपालिकाले सीमा सर्वे टोलीदेखि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको छ ।

भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले विवाद सामान्य भएको बताए । दशगजा मिचेर सडक बनाउन थालेपछि अवरोध गरेको स्विकार गरे ।

भारतीय पक्षले सीमा विवाद समाधान भएपछि मात्र सडक विस्तार गर्न दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?