Comments Add Comment

यातायात व्यवसायीको महाधिवेशन शुरु, अध्यक्षमा डोलनाथ र योगेन्द्रको प्रतिस्पर्धा

१७, माघ, चितवन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं महाधिवेशन चितवनको टाँडीमा शुरु भएको छ ।

महाधिवेशमा देशभरबाट दुई हजार तीन सय जना प्रतिनिधि सहभागी भएका छन् ।

करिब ३ सय सदस्य संघ समिति र प्रालि महासंघमा आवद्ध छन् । राष्ट्रिय महाधिवेशनबाट महासंघलाई संघीय संरचनामा लैजाने तय भएको छ । अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप-महासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजकसहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच प्रतिस्पर्धा हुने भएको छ । डोलनाथ खनाल नेपाल लोकतान्त्रिक समावेशी प्यानलका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनको प्यानलमा एमाले, माओवादी, मधेसकेन्द्रित दल र कांग्रेस समर्थित एक घटकमा आवद्ध व्यवसायीहरु छन् । खनालले बुधबार बिहानमात्रै टाँडीमा लोकतान्त्रिक प्यानलको घोषणा गरे ।

यस्तै, कांग्रेस समर्थित प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट योगेन्द्र कर्माचार्य अध्यक्षको उम्मेदवार बनेका छन् । २०३६ सालमा महासंघ स्थापना भएयता कांग्रेस सर्मथक व्यवसायीहरुले लगातार नेतृत्व गर्दै आएकोमा यसपटक भने वाम आवद्ध यातायात व्यवसायीहरु नेतृत्व हत्याउने दाउमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment