+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

राहत लिएर मधेस झरिन चिनियाँ राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते २१:३५

१७ माघ, जनकपुर । नेपालका लागि चिनियाँ राजदूत यु होङ बुधबार जनकपुर आइपुगेकी छन् ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण आउनु अघिल्लो दिन चिनियाँ राजदूत मधेसका जिल्लाहरुको भ्रमणमा निस्किएकी हुन् ।

बुधबार दिउँसो बिमानबाट जनकपुर ओर्लिएकी राजदूत होङले धनुषाधाम नगरपालिका- ३ र ४ मा गतबर्ष बाढीका कारण क्षति पुगेका स्थानहरुमा पुगेका १ सय ३० बाढी पीडित परिवारलाई राहत वितरण गरेकी छन् ।

जनकपुर उपमहानगरपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा पुगेर ३ हजार ४ सय घरधरी बाढी पीडितलाई राहत वितरण गरिने यूएनडीपीका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिएका छन् ।

भोलि बिहीबार महोत्तरीको लोहरपट्टीमा राहत वितरण गर्ने छिन् । चीन सरकारको सहयोगमा लोहरपट्टी नगरपालिकामा २ सय ९० घरपरिवारलाई गौर खाध्य सामग्री राहत बितरण गरिने कार्यक्रम छ ।

जनकपुर बसाईका क्रममा राजदूत होङले राजनीतिक भेटघाट गर्ने बताइएको छ । तर, थप खुलाइएको छैन । चिनियाँ राजदूत होङसँगै यूएनडीपीका कन्ट्री डाइरेकटर रेनोड मेयर पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?