+
+
Shares

साहित्यकार गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन इच्छा’ बजारमा

विजय थापा  विजय थापा
२०७४ माघ १८ गते ११:१२

न्यूयोर्क / अमेरिकाको न्यूयोर्कमा वस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० की केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन इच्छा’ बजारमा आएको छ ।

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरी सकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।

पुस्तकको आवरण हरियो रंगमा प्रकाशित ‘अन्त्यहीन इच्छा’ पहिलो पृष्ठमा पहिलो कथा छ । ८८ पृष्ठको पुस्तकमा मोतीको माला, यस्तो पनि बिबाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषणलगायत अन्त्यमा अन्तिम बिदाईसहित १७ वटा कथाहरु रहेका छन् ।

नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशनबाट आफ्नो कृति प्रकाशन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?