Comments Add Comment

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, पहिलो भेट एमाले नेताहरुसँग

१८ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर आएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि स्वराजले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । उनले भनिन्, ‘म कुनै एजेन्डा लिएर आएको होइन । यहाँका साथीहरुसँग भेटघाट गर्न आएको हुँ ।’

विशेष विमानबाट दुई दिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।

स्वराज सिधै सोल्टी होटल जानेछिन् । उनको सम्मानमा एमालेले रात्रीभोज राखेको छ र, त्यहीँ भेटवार्ता हुनेछ ।

स्वराजले राजपा नेताहरुलाई आजै भेट्नेछिन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment