+
+
Shares

एमाले माओवादीको बैठक सकियो, ओली-प्रचण्डको संक्षिप्त ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १८:१२

१८ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा भएका प्रगतिबारे संक्षिप्त ब्रिफिङ गरेका प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठनको कार्यदलको रिपोर्ट पनि अनुमोदन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?