दीपिका पादुकोण अहिले फिल्म ‘पद्यावत’का कारण चर्चामा छिन् । यसैबर्ष उनले ब्वाइफ्रेण्ड रणवीर सिंहसँग बिहे गर्ने चर्चा छ ।
अब यो भन्दा तात्तातो चर्चा के छ भने, दीपिका फिल्म छायांकनको लागि नेपाल आउँदैछिन् । आगामी महिना अर्थात मार्च पाँचमा फिल्म छायांकनका लागि दीपिका नेपाल आउनेछिन् । गजब कुरा, दीपिकासँगै इरफान खान पनि आउनेछन् ।
अर्को रमाइलो कुरा, विशाल भारद्वाजले निर्देशन गर्दैछन् । भनिहालौं, विशाल भारद्वाज खासमा फिल्म निर्माता हुन् । संगीतकार हुन् । गीतकार, पटकथा लेखक पनि हुन् । उनले केही फिल्म निर्देशन पनि गरिसकेका छन् ।
विशाल भारद्वाजले ट्वीट गरेका छन्, ‘यस नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’
यो फिल्म छायांकनका लागि नेपालमा आवश्यक सबै तयारी पूरा भैसकेको बताइन्छ । यो फिल्मको छायांकन नेपालबाटै सुरु हुँदैछ ।
यो फिल्मलाई विशाल भारद्वाजले निर्देशन गर्ने पक्का भएको छ । खासमा फिल्म यसअघि नै बन्ने भएको थियो । तर, हनी त्रेहानले यो फिल्म निर्देशन गर्ने भनिएको थियो । तर, विशाल र हनीबीच ‘रचनात्मक मतभेद’ भयो । आखिरमा विशाल भारद्वाजले फिल्म निर्देशनको जिम्मेवारी लिए । यो फिल्म क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको व्यानरमा निर्माण हुँदैछ । फिल्मको शीर्षक भने अझै तय भइसकेको छैन ।
दीपिका र इरफान खानले फिल्म ‘पिकु’मा स्त्रिmन शेयर गरेका थिए, दुई बर्ष अघि । फेरि उनीहरु विशाल भारद्वाजको फिल्ममा दोहोरिने भएका हुन् ।
प्रतिक्रिया 4