Comments Add Comment

व्यापारीलाई गोली प्रहार गर्ने अभियुक्त ३ वर्षपछि पक्राउ

१९ माघ, लहान । सिरहाको जग्गा व्यापारी लालु खानलाई गोली प्रहार गरी फरार अभियुक्त सुनिल यादव पक्राउ परेका छन् । यादव घटना भएको तीन वर्षपछि पक्राउ परेका हुन् ।

२०७१ फागुन १ गते मिर्चैया २ झौलियाका लालु खानलाई गोली प्रहार गरी फरार भएका यादवलाई धनुषाको धवौलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहीबार पक्राउ परेका उनलाई प्रहरीले जिल्ला अदालत सिरहामा हाजिर गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment