Comments Add Comment

सल्यानमा ट्रिपर दुर्घटना, २ को मृत्यु

२० माघ, दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्डमा पर्ने सम्धीमोडमा ट्रिपर दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा गएराति से १ क ५२७ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक बाँके कोहलपुरका २८ वर्षीय ज्ञानकुमार बोहोरा र सहचालक डोटीका २३ वर्षीय रमेश पुनमगर रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर ट्रिपर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment