Comments Add Comment

सिड्नीका नेपाली महिलाको क्रुज पार्टी, सय वर्ष अघिको पश्चिमा पहिरनमा नेपाली चेलीहरु

सिड्नी । यो पहिरन हो -पहिलो बिश्वयुद्द वरिपरीको । भर्खरै पहिलो विश्वयुद्दको दर्द सकिएको थियो । उद्योग धन्दाहरु खुल्दै थिए । मानिसले कमाइ गर्न थालेका थिए । र, फेसनमा पनि ध्यान दिदै थिए ।

आखिर दुर्इ छाक खाने चिन्ता हट्दा मात्रै त हो फेसन र  श्रृगारको चेतना आउने अनि मनोरंजनको स्वतन्त्रता खोजी हुने । संसारकै ठूलो मानिने सिड्नी हार्बरमा आज साझ घाम अस्ताउनु अघि तेस्तै एक क्रुज पार्टी हुदैछ । जहाँ नेपाली महिला र पुरुषहरु त्यही सन् १९२० तिरको फेसनमा सजिएर सहभागी हुदैछन। ‘ग्रेट ग्यत्स्बी क्रुज’ पार्टी नाम दिइएको यो साझ निकै रमाइलो हुँदैछ ।

नेपाली समुदायबाट आयोजना भएको यो वर्षको यो पहिलो क्रुज पार्टी हो । साथै नेपाली महिलाहरुकै पहलमा भएको आजसम्मकै पहिलो क्रुज पार्टी पनि हो । नेप-अस वुमन फाइनान्सले आयोजना गरेको यो क्रुज पाटीको निश्चित उद्येश्य पनि छ ।

संस्थाकी एक सदस्य सानु घिमिरेका अनुसार फेसन, मनोरंजन र रात्रीभोजसहितको यो क्रुज पार्टीको मुख्य उद्य्श्य संयुक्त पुजीको फाइदा हाम्रो समाजलार्इ बताउनु पनि हो ।

हामीले लिएको आत्मनिर्भरताको अलिकति यात्रा सफल भएको जानकारी दिनु पनि हो । हाम्रो आत्मनिर्भरताको बाटोका लागि सातु सामल जुटाउनु पनि हो । अर्थात केही अर्थ संकलन गर्नु पनि । के हो त्यो संयुक्त पूँजी संकलनको अबधारणा अनि आत्मनिर्भरता को बाटो ? संस्थाकी अर्की सदस्य अन्जना सिंह श्रेष्ठका अनुसार – ६ वर्षअघि सिड्नीमा जम्मा भएका ४९ जना महिलाको अभियान हो संयुक्त पुजी संकलन । हामीहरुले प्रतिमहिना एक सय अस्ट्रेलियन डलर नेप- अस फाइनान्स निर्माण गरेर जम्मा गरेका थियैं ।‘

संकलन गरेको पूँजीलार्इ उनीहरुले लगानीमा पनि ध्यान दिए र हालै पल्लो शहर मेलबर्नको मुटुमा दुर्इ कोठे अपार्टमेन्ट पनि किनेका छन् । संस्थाकी मार्केटिंग डाइरेक्टर रन्जु वाग्ले भनिन – हामी महिला उद्यमीहरुले संयुक्त पहलमा गरेको कामको अहिलेसम्म सार्बजनिक अनाउन्स पनि गर्न पाएका थिएनौं । यो अबसरलार्इ हामीले हाम्रो कामको जानकारी दिने अबसरका रुपमा लिएका छौ ।

रमाइलो पक्ष अर्को पनि छ । पश्चिमा समाजमा अबको हप्ता भ्यालेन्टाइन हप्ता पनि हो । एउटा खास समयको इतिहास सम्झेर सबै खालको प्रेम झल्काउने थिममा यो क्रुज पार्टी र त्यहाँको लागि पहिरन सिफारिस गरिएको छ ।

यो फाइनान्स कि अर्की म्यनेजिंग डाइरेक्टर सुमित्रा बिस्टका अनुसार – आजको क्रुज पार्टीमा चार सय भन्दा बढीको उपस्थिति हुने अनुमान छ जहाँ सांगीतिक कार्यक्रम तथा राफल वितरण पनि राखिएको छ । सबैलाई ग्रेट ग्यस्त्बी थिममा उपस्थित हुन भनिएको छ र पुरुषहरुलाई औपचारिक पोशाक मा आउन निम्तो गरिएको छ । ‘ग्रेट ग्यस्पी’ नामसंग जोडिएको अर्को एक महत्वोपूर्ण कुरा पनि छ । त्यो हो सिड्नी हार्बरमै सुटिंग भएको हलिउड फिल्म ग्रेट ग्यस्पीको कथा ।

उक्त फिल्मका नाएक आफ्नी प्रेमिका पाउनका लागि ठुल्ठुला पार्टी हरु दिइरहेका हुन्छन । तर, फिल्मको अन्त्यमा रहस्य खुल्छ कि उनले त त्यो सबै ऋण मा गरेका हुन्छन ।

सिड्नी हार्बर, म्यन्ली लगायतका साइडमा छायांकन गरिएको उक्त फिल्म निकै चर्चित छ । आजको क्रुज पार्टीमा एउटा संयोग पनि जुटेको छ नेपाली फिल्म क्षेत्रका एक नायक रमेश उप्रेती पनि सहभागी हुँदैछन् । उनी अहिले सिड्नीमा आफ्नो ऐस्वर्य नामक फिल्म प्रदर्शन तथा प्रबर्दनका लागि लिएर आएका छन् ।

आज साझको मौसम पनि निकै राम्रो छ । दिनभर सिड्नी हार्बरमा क्रुज चलाएका अस्ट्रेलियाको क्याप्टेन क्रुजका नेपाली क्याप्टेन ब्राम पाण्डेले दिएको जानकारी अनुसार सिड्नी हार्बर माथिको आकाशमा साझ हल्का बादल हुनेछ तर बिस्वास गरौ कुनै वर्षा हुनेछैन ।

बादल मुनिको सिड्नी सिटीको उज्यालो प्रकाश निकै रमाइलो देखिने छ । उनको सुझाव छकि साझको तापक्रम २१ डिग्रीमा घट्ने र समुद्रमाथि हल्का चिसो महसुस हुन सक्छ । तर, पार्टी माहौल र रमाइलोमा सिड्नीको चिसोले कसैलाई छुने छैन । आफ्ना यात्रुहरुलाई बिदाइ गर्दा पानीजहाजका क्याप्टेनले बोल्ने शैलीमा ब्राम पाण्डेले भने – एन्जोय द ग्रेट नाइट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment