+
+

माथिल्लाे तामाकोशीको २ अर्ब ६४ करोडको सेयर आउने

आयोजनाको ९० प्रतिशत काम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते ११:५८

२१ माघ, काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड रुपैयाँको (२ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिने भएको हो । कम्पनीले ४ सय ५६ मेगावाटको आयोजना बनाउदैछ । गत भदौंसम्ममा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर यसअघि जारी गरिसकेको छ । यसअघि ऋणदाता कम्पनीको लागि सेयर जारी गरिएको थियो ।

हाल प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत दर बढ्ने सम्भावना छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

बढ्दो व्याजदर र विनिमय दरको कारण कम्पनीको दायित्व बढेकोले लागत बढेको उल्लेख गरेको छ । हाल मुख्य कर्जाको व्याजदर १२ प्रतिशतसम्म रहेको छ । हाल कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थानबाट कर्जा लिएको छ ।

बैंकबाट यी संस्थाले पाउने व्याजदरको आधारमा आयोजनाको लागि व्याजदर पनि परिर्वतन भइरहने गरेको । यी संस्थाबाट आयोजनाले लगभग २० अर्ब रकम ऋण लिएको थियो ।

४४ अर्ब ९८ करोड खर्च भइसकेको आयोजनामा ३९ अर्ब ऋणबाट लिइएको छ । भने आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँको दरमा अनुदान दिनेछ । यसबाट पनि भविष्यमा आउन सक्ने दायित्व पुरा गर्न सहयोग पुग्नेछ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिइएको छ । यसले समग्रमा कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?